• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, बैशाख २६, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
  • ६ दिन अगाडि

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
  • ६ दिन अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • २ हप्ता अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ४ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • १ महिना अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

अनुराधा बनिन् विश्वसाहित्यमा नेपाली कथाकार

  • शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
  • बेलायतको प्रसिद्ध प्रकाशनगृह स्काला आर्टस् एन्ड हेरिटेजले अनुराधाको ‘स्टोरी अफ बाबरः प्रिन्स, एम्परर, सेज’ लाई अंग्रेजी सहित ११ भाषामा प्रकाशित गर्‍यो । बेलायतबाट छापिने विश्वको महत्वपूर्ण अखबार द गार्डियनले अनुराधाको किताबलाई २०२२ को नोटेबल चिल्ड्रेन एन्ड टिन्स बुक्स सूचीमा समेत मनोनयन गरिसकेको छ ।

    ८ देखि १२ वर्षका बालबालिकालाई लक्षित गर्दै ललितपुरकी अनुराधाले मुगल सम्राट बाबरको डेढ सय पृष्ठ लामो बाबरको चित्रकथा लेख्नुअघि नै ४० वटा बालकथा सङ्ग्रह लेखेर छपाइसकेकी थिइन् ।

    ती सबै किताब नेपालीमा प्रकाशित हुने गरेका भए पनि आम चासोमा ती धेरै पर्न सकेका थिएनन् किनभने बालसाहित्यलाई अझै पनि साहित्यको मूलधारभित्र समेटेर हेर्ने परम्पराको हामीकहाँ कमी छ । थुप्रै प्रतिभाशाली बालसाहित्यकारहरू यसै कारण ओझेलमा छन् ।
    ‘कोभिड–१९ को लकडाउनका बेला मैले बाबरको कथा लेखेकी थिएँ, उज्वेकिस्तान हुँदै बाबरले भारतमा आएर कसरी मुगल साम्राज्य सुरुवात तथा विस्तार गरे भन्ने बारेमा विस्तृत कथा त्यसमा लेखिएको छ’ अनुराधा भन्छिन्, ‘अहिले संसारमा इतिहास बताउँदै कथा पढ्ने चलन आइसकेको छ । त्यसैले उहाँहरूले बाबरको कथा लेख्न मलाई छान्नुभयो होला ।’

    उज्वेकिस्तानमा जन्मेर १४ वर्षमै राजा बन्न पुगेका बाबर चङ्गेज खाँका नाति पुस्ता मानिन्थे अनि हुमायुँ, अकबरका बाजे पुस्ता । मुगल साम्राज्यलाई स्थापना गर्न र अन्यत्र फैलाउन उनको ठूलो भूमिका छ ।

    बाबरको कथा लेख्न भारतीय वा उज्वेक कथाकार नै नखोजी नेपाली कथाकार नै किन रोजियो होला, आफैंँमा रोचक जिज्ञासा छ तर यसको जवाफ भने अनुराधालाई पनि थाहा छैन । उनको बाबर सम्बन्धी यो कथा किताब अंग्रेजी, फ्रेन्च, उज्वेक, रसियन, जर्मन, चिनियाँ लगायत भाषामा छापिइसकेको छ । यसका भाषापिच्छे ब्रेललिपिमा आधारित पुस्तक समेत तयार भइसकेका छन् ।

    यो किताबले नेपालभित्रै आफ्ना काम देखाइरहेकी अनुराधालाई विश्वका बालसाहित्य रचनाकारहरूको हाराहारीमा उभ्याइदिएको छ । पछिल्लो समय विश्वका अरू प्रकाशन गृहहरूले समेत उनलाई खोजी गर्न थालिसकेका छन् ।
    अनुराधालाई साहित्यमा रत्तिन बानी गराउने व्यक्ति चाहिं उनकै आमा माया ठकुरी हुन्, जो नेपालकी सिद्धहस्त कथाकार हुन् । प्रशासकीय जीवनमा रहेका उनका बुवा दामोदर शर्माले पनि सानोमा टन्नै बालसाहित्य उपलब्ध गराउँथे । अनुराधालाई ती सबैको प्रभाव पर्न गयो ।

    तर लेखेर छपाउने वा कुनै प्रतिस्पर्धामा भाग लिनेमा अनुराधाको रुचि थिएन । आमाकै जिद्दीका कारण पारिजात बालसाहित्य पुरस्कारका लागि सन् २००९ र २०१० मा भाग लिएकी उनी दुवैपल्ट पुरस्कृत पनि भएकी थिइन् । यसरी सुरुमा सामान्य दिलचस्पी हुँदै बढेको अनुराधाको रुचि यति बेला उनलाई सर्वत्र चिनाउने काम भएको छ ।

    पद्मकन्या क्याम्पसमा अंग्रेजी साहित्यको स्नातकोत्तर अनि बेलायतमा उच्च शिक्षा सकेर नेपाल फर्केपछि अनुराधाले आफूलाई बालसाहित्य लेखनमा समर्पित नै गरिन् । हुर्के–बढेको पुस्ताका लागि लेख्ने सुविधा हुँदाहुँदै उनले बालबच्चाहरूका लागि नै भनेर आफूलाई समर्पित गर्नुको पनि खास सन्दर्भ नै छ ।

    अनुराधा बच्चालाई रुचि हुने कुरा, प्रकृतिका विभिन्न जनावर तथा बोटबुट्यान, विज्ञानका विषयहरू आदिमा लेख्ने गर्छिन् । ठूलाहरूको लागि भनेर आफूलाई लेख्नै नआउने, बरु तिनका बारेमा लेख्दा पनि बच्चाकै आँखाबाट हेर्ने बानी परिसकेको उनी सुनाउँछिन् । बालसाहित्य बाहेक आफ्ना लागि अर्को कुनै कार्यक्षेत्र नरहेको उनी बताउँछिन् ।

    बुवाको जागिरे जीवनसँगै विभिन्न जिल्लामा सर्दै स्कुले पढाइ गरेकी अनुराधाभित्र विभिन्न भूगोल, संस्कृति र जीवनहरूको बारेमा धेरथोर सानैमा ज्ञान हुनगयो । आफ्नो लेखन र पात्र निर्माणमा त्यसको समेत प्रभाव पर्न गएको उनी बताउँछिन् ।

    रोचक के छ भने यति धेरै नेपाली बालसाहित्य लेखिसक्दा पनि अनुराधाको पहिलो मस्यौदा भने जहिले पनि अंग्रेजीमा हुने गर्छ । त्यसपछि उनी त्यसलाई आफैं नेपालीमा उल्था गर्छिन् । नेपाली बच्चाहरूले बुझ्ने बनाउँछिन् । ‘अबचाहिं नेपालीमै पनि लेख्ने बानी बसाल्दैछु, भाषामा पढाउनु जरूरी छ’ उनी भन्छिन्, ‘अहिले लेखिरहेका किताबहरूको पहिलो मस्यौदा नेपालीमै आउनेछन् ।’

    अनुराधाको बालसाहित्य र अनुवादमा योगदान देखेरै नेपाल प्रज्ञा प्रतिष्ठानले उनलाई लेखन र अनुवाद सम्बन्धी विभागहरूमा सदस्य बनाएको छ । उनको द ल्यान्ड अक्रोश द ब्रिज किताब डेनमार्कमा अंग्रेजी सबटाइटल सहित पढाइ हुन्छ । पाकिस्तानमा उनको अर्को कथा हापु र बेलुन स्कुलहरूमा पढाइ हुने गरेको किताब हो । उनी नेदरल्यान्ड्सको थाङ फाउन्डेशनमा नेपालबाट प्रतिनिधि समेत छिन् ।

    यसरी बाहिरसम्म ठूलो नाम बनाइसक्दा पनि अनुराधामा लेखक हुनुको अहम् भने बढ्न पाएको छैन । यसको श्रेय पनि उनी बालबालिकालाई नै दिन्छिन् । कतिपय लेखकहरूले आफू कुन उचाइ वा स्तरको लेखक हुँ भनी अरूलाई महसुस गराउने तहमै प्रकटीकरण गर्ने गरेको अनुराधाले अनुभव गरेकी छन् ।

    ‘हामी लेखकहरूमा एक किसिमको ‘बबल’ हुन्छ, तर बालबालिकाहरूको बीचमा त्यस्तो बबलको कुनै काम छैन’ उनी भन्छिन्, ‘उनीहरूले हाम्रो भित्रको अहम्लाई पनि फ्यास्स पारिदिन्छिन्, किनकि उनीहरूभित्र जिज्ञासाको जुन संसार छ त्यसमा हामी आफैं अचम्मित हुन थालिरहेका हुन्छौं ।’
    पछिल्लो समय पुस्तक संस्कृतिलाई डिजिटल दुनियाँले खिच्दै लगेको छ । बच्चाहरू खाना खाँदा होस् या केही खेल्दा अक्सर भिडियोकै वरिपरि झुम्मिरहेका हुन्छन् । के यस्तो अवस्थामा बालसाहित्यका पुस्तकहरू बाँचिरहन सक्लान् त ?
    अनुराधाको विचारमा पुस्तकहरूलाई बचाउन कठिन छैन । तर नेपालमा बालसाहित्य पढ्ने संस्कारको इतिहास नै राम्रोसँग सुरु भइनसकेको, बल्लतल्ल एउटा आकारमा आइरहेकै बेला भिडियो विस्तार हुँदा चिन्ता अवश्य थपिएको छ ।

    ‘अचेल त म बरु किन्डल वा कुनै एपमै गएर भए पनि बालसाहित्यको पठन चाहिं जारी रहिरहोस् भन्ने ठान्छु’ उनी भन्छिन्, ‘किनभने पढाइबाट बच्चाहरूमा, हामी समेतमा जुन प्रभाव विस्तार हुन्छ, त्यो अन्यत्रबाट हुन कठिन छ ।’

    – बसन्त बस्नेत
    स्रोत अनलाइन खबर

    शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित

    तपाईंको प्रतिक्रिया दिनुहोस्

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    संबन्धित शिर्षकहरु
    सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
    जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १.
      रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
    • २.
      म्यानेजमेन्टको शिक्षाशास्त्र सङ्कायमा पूर्ण छात्रवृत्ति
    • ३.
      घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग
    • ४.
      निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
    • ५.
      ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
    • १.
      जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    • २.
      सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys