हेटौँडा : गणित शिक्षा परिषद्को आयोजनामा जिल्लास्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । आउँदो शुक्रबार परिषद्को आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि प्रतियोगिताको आयोजना गरिएको परिषद्का जिल्ला अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभयो ।
गत फागुन १ गते शुक्रबार बसेको परिषद् मकवानपुर कार्यसमितिको बैठकको निर्णयअनुसार कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रम हेटौँडा–२ स्थित बालजागृति बोर्डिङ्ग स्कूलमा हुनेछ । प्रतियोगिताबाट आगामी चैत १९ गते बाट सुरु हुने एसईई परीक्षा दिने विद्यार्थीलाई सहयोग हुने अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
प्रतियोगितामा जिल्ला भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले २–२ जना विद्यार्थीहको समूह बनाई सहभागी हुन पाउनेछन् । बिहीबारसम्म समूह दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूले क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।



