हेटौंडा / हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा आधारभूत तह (कक्षा–८) को वार्षिक परीक्षा आगामी चैत ४ गतेबाट सुरु हुने भएको छ ।
हेटौंडा उपमहानगरपालिकाले माघ २५ गते एक सूचना जारी गर्दै कक्षा ८ को परीक्षा चैत ४ गतेबाट सञ्चालन गरिने जानकारी दिएको हो । जारी गरेको सूचना अनुसार चैत ४ गते गणित, चैत ५ गते अङ्ग्रेजी, चैत ६ गते नेपाली, चैत ७ गते विज्ञान तथा प्रविधि, चैत ८ गते सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा, चैत ९ गते स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला र चैत १० गते स्थानीय विषयको परीक्षा सञ्चालन हुने छ ।
दिउँसो १ बजेबाट सुरु हुने परीक्षाको सम्बन्धित विद्यालय नै परीक्षा केन्द्र तोकेको सूचनामा उल्लेख गरिएको छ ।
कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु