• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, फागुन २३, २०८२  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ हप्ता अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ हप्ता अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • १ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • १ महिना अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • २ महिना अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • ३ महिना अगाडि

विद्यालयका नृत्य प्रशिक्षकसँग अन्तरक्रिया
  • ३ महिना अगाडि

विद्यार्थीलाई विद्यालय पोशाक वितरण
  • ३ महिना अगाडि

घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग

  • शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
  • संप्रस पौडेल

    स्मार्ट फोन, ट्याब, ल्यापटप आदि साधनलाई डिजिटस साधनका रुपमा चिनिन्छ । यहाँ ती साधनलाई शिक्षा तथा सिकाइसँग केन्द्रित रही समस्या उठान गर्दै समाधानका लागि केही जानकारीहरू प्रस्तुत गर्ने जमर्को गरिएको छ ।


    आफू नपढ्ने, बालबच्चालाई पढ मात्रै भन्ने
    बालबालिकाले पढेनन् वा अरुकाभन्दा मेरा बालबच्चा कम पढ्छन् वा अरुसरह किन पढ्दैनन् रु यी प्रश्नहरु आजकाल घरघरका प्रश्न बनेका छन् । हामीले आफ्ना बालबच्चालाई अरुका बालबच्चासँग तुलना गर्दै गर्दा उनीहरुले पनि हामीलाई अरूका अभिभावकसँग तुलना गरिरहेका हुन्छन् ।
    विद्यालय जाने बालबालिकालाई जतिखेरै पढ् पढ् भनिरहेका हुन्छौं तर हामीले कतिवटा पढ्यौं भन्ने कुराले जहिल्यै पनि महत्व राख्दछ । विद्यालय समयमा कक्षाकार्य, गृहकार्य, परियोजना कार्य लगायतका दैनिक पढाइ तथा सिकाइसम्बन्धी विभिन्न कार्यहरुले सानो कक्षादेखि ठूलो कक्षा जाने क्रममा उनीहरुको व्यस्तता बढ्दो हुन्छ । परीक्षा आइराख्दा उनीहरुलाई पढाइको निकै दबाब हुने गर्छ ।


    मोबाइलको लतमा बालबच्चाभन्दा बढी बाबुआमा
    हामीले बालबच्चालाई किताबकापी थमाएर सँगै रहेपनि आफूलेचाहिँ मोबाइलमा फिल्म हेर्दै गर्दा, सामाजिक सञ्जाल चलाउँदै गर्दा वा मोबाइल हेरेर एक्लै मुस्कुराइरहेका बेला वा कसैसँग भिडियो कल गर्दै गर्दा हाम्रा बालबच्चाको ध्यान हामीतिरै हुने गर्दछ । यो कुरामा ध्यान पुगेन भने उनीहरूलाई हामीजस्तै मोबाइलका दुर्व्यशनी हुने दिन धेरै टाढा पक्कै छैन भनेर जान्न सकिन्छ । मोबाइल प्रयोग गर्ने अभिभावकबारे अध्ययनका क्रममा प्राप्त तथ्याङ्क निम्न रहेको छः

    डिजिटल साधनका दुरुपयोगका प्रसङ्गहरु करिब (केही विद्यालयका शिक्षक र अभिभावकहरूको अनुभव ) :
    – विद्यार्थीहरूको एक समूहले फेसबुक म्यासेन्जर ग्रुप बनाए । उनीहरू दैनिक आफ्ना अभिभावकलाई गाली गरेर अडियो, भिडियो, फोटो अपलोड गर्थे । नयाँ साथीलाई जोडेकै दिन उसले कक्षा शिक्षकलाई कुरा सुनाइदियो । केही सङ्ख्यामा अभिभावकलाई स्कूलमा जम्मा गरेर बालबच्चालाई लग इन गर्न लगाए । आफूसँग भन्न नसकेका कुराहरू अश्लिल गालीका भाषा प्रयोग गरेर मेसेन्जरमा गरिएको थाहा पाए ।
    अब उनीहरुलाई मनोवैज्ञानिक उपचार कसले गर्ने ? के हामी त्यो हैसियतमा छौं ? हामी त अवश्य छैनौं । हामी त्यो समाजमा छौं जहाँ आमाले एक झापड लगाउँदा अझै पुगेन एक अर्को थप् भन्दैछौं । आफ्ना सन्तानलाई पिट्दै गर्दा सम्झाउने छिमेकीलाई आफ्नो अधिकारको प्रयोग बारे बताउन भ्याउँछौं । हाम्रा सन्तान सँधै हाम्रा कारणले होइन, छिमेकी, स्कूलका साथीभाइ, शिक्षकको हेरचाहमा अभाव, समाजले बिग्रिएको देख्छौं । अर्थात् हामी सुध्रन तयार छैनौं ।
    – मेसेञ्जरमार्फत् कुराकानी हुँदा एक साथीले अर्को साथीलाई स्कूलमा कुरा चुहाएपछिको घटना । एउटा अर्को स्कूलमा केही शङ्कापश्चात् विद्यालयमा झोला जाँच गर्दा कागजमा गाँजा पोको पारेको भेटिन्छ । अभिभावकलाई बोलाएर कुरा बुझ्दा हजुरआमाले ‘आफूले बाख्रालाई खुवाउन ल्याएको, कुनचाहिँले जबर्जस्ती मागेर ल्याउन लगाएको भन त’ भन्दै सोध्नुहुन्छ ।
    हो, हामी त्यही समाजमा छौं ।
    – बालबच्चा विद्यालयमा निदाइरहेको कारण अभिभावकलाई बोलाएर बुझ्दा एक अभिभावक स्कूलमा गुनासो गर्नुहुन्छ – ‘सर मेरो बच्चा घरमा मोबाइल अति नै चलाउँछ । बेलुका मोबाइल लिएरै उसकै कोठामा सुत्छ ।’ उहाँको गुनासो यत्तिकै छैन । थप्नुहुन्छ- ‘अब तपाईँले सम्झाइदिनुपर्‍यो ।’
    – अर्का अभिभावक- ‘म्याडम, हामीले गाली मात्रै गर्‍यौं भने मर्दिन्छु भन्छ । हाम्रो त एउटै बच्चा ।……’खै हामी त केही जान्दैनौं, होमवर्क छ भन्छ मोबाइल लिएरै पढ्छ ।’
    थुप्रै बालबच्चाले एउटाले लेखेको गृहकार्य अर्कोले मोबाइलमार्फत् सार्ने गरेका हुन्छन् । उनीहरूलाई के सारेँ भन्ने पनि ख्याल छैन । बालबालिकाहरूमा Mobile addiction समस्या परिरहेको छ । हामी त्यही परिवारभित्र छौं ।
    – झोलामा चुरोट र लाइटर भेटिएकोमा अभिभावकलाई बोलाउँदा अर्का अभिभावक यसो भन्नुहुन्छ- ‘तँलाई खाजा खान दिएको पैसाले किनिस् होला हैन ? तँलाई के पुगेन ? दिनको सय रुपैयाँ दिएको छु ।’ अभिभावकको गोजीमा खैनीको खोलमा मुख कुहिएको चित्र टलल टल्किरहेको छ । १३ वर्षमुनिको उमेरसमूहलाई फेसबुकले आफ्नो अकाउन्ट खोल्न दिँदैन तर जन्ममिति ढाँटेर अकाउन्ट खोल्ने उही विद्यार्थीले आफ्नो प्रोफाइल फोटोमा चुरोट तानिरहेको अमूर्त फोटो राख्छ । अभिभावकलाई पत्तो छैन ।
    – एक विद्यालयमा आधारभूत तहको एक विद्यार्थीले अनलाइनमार्फत् पैसा माग्ने र नल्याए कारबाही गर्ने भन्दै धम्क्याउँछ । स्कूलबाट फोन आउनु र घरबाट पैसा चोरी हुन थालेको थाहा पाउनु सँगसँगै परेपछि दुवैतर्फका अभिभावक बसेर समस्या समाधानमा पहल गर्दछन् ।
    – कुनै प्राथमिक स्कूलमा हेडसरलाई पाँच कक्षाको विद्यार्थी भन्छ- ‘बाले खाएर छोडेको चुरोट तानेर सिकेको हुँ हेडसर ।’ पढाइ कमजोर भएको उसलाई पास गरेर अन्यत्र पठाउँनु नै समस्याको समाधान देख्नुहुन्छ हेडसर । नयाँ विद्यालय भर्ना भएपछि विद्यालयले तोकेको अतिरिक्त पुस्तक किन्न नसकेको विद्यार्थीका घरमा पुग्दा हजारौं रुपियाँ पर्ने स्मार्ट फोनचाहिँ खाँचोले प्रयोग भैरहेको देखेको अनुभव छ अर्का शिक्षकसँग ।
    – एउटा विद्यालयको व्यवस्थापन समितिमा प्रवेश गरेका एकजनाले भने- ‘पहिले मलाई तँ भन्ने मास्टर अहिले हात जोडेर तपाईँ भन्नेमा पुगेको छ ।’ शिक्षकसँग संयुक्त बैठकमा पटक पटक मोबाइल बजाउने उनीहरू शिक्षकले मोबाइलबाट सिकाएको छ कि छैन भनेर सिक्न र जान्न खोज्ने पक्षमा छैनन् । डिजिटल सिकाइ अनलाइनमा मात्रै खाँचो रहेको अब किताब घोक्ने हो भन्ने कुरामा दृढ छन् । हो, हामी सबैजसो शिक्षकहरू लगभग त्यस्तै स्कूलमा छौं ।
    – विद्यालय अघि र पछि खेल खेल्ने चौर, आँगन, चौतारा, खुला स्थानभन्दा मोबाइल मोबाइलमा व्यस्त हुने हुँदा बालबालिकाको साथी समूहसँग अन्तरक्रिया (Peer group interaction) मा कमी भैरहेको छ ।
    यी त केही दृष्टान्त मात्रै हुन् । हाम्रा बालबच्चा १० बजे विद्यालय पुगेर ४ बजे फर्किए भने मात्रै ढुक्क हुने अवस्था छैन । कतिसम्म भने विद्यालय जाने क्रममा बालबच्चाले झोलामा लुकाएका चुरोट, सुर्ती, गुट्खा, गाँजा बोके कि बोकेनन् भनेर जाँच्न डर छ कतिपय अभिभावकलाई। कोही विदेशमा बसेर चाहिँदो पैसा पठाएकै छु, किन पढेन भनेर घरमा गाली गर्नेहरू पनि छन् । घरमा खुल्लमखुल्ला धुम्रपान, मद्यपान गर्ने अभिभावक मात्रै होइन शौचालयमा लुकेर सूर्ती चेप्ने शिक्षक पनि छन् । कक्षामा निषेध गरिएको मोबाइल विद्यार्थीहरूले अभिभावकको जानकारीविना झोलामा बोकेर आएका थुप्रै उदाहरण छन् । उनीहरूको प्राथमिकतातर्फ अभिभावकको ध्यान पुगिरहेको छैन ।
    विद्यालय व्यवस्थापन समितिको ध्यानः
    सुन्दा तितो लाग्ने तर अधिकांश विद्यालयकोव्यवस्थापन समितिमा विद्यार्थी सुधार्नेभन्दा शिक्षक तह लाउने भनेर प्रवेश गरेका सदस्यहरू भेटिन्छन् । अध्यापनका क्रममा कक्षामा विना अनुमति प्रवेश गरी आचरणका कुरा सिकाउने भेटिन्छन् । शिक्षकले राजनीति गर्न हुन्न भन्दै राजनीतिक नियुक्ति, भर्ना, बैठक, भेटघाट, आफ्नो समूहका शिक्षकका कमजोरीलाई अनदेखा गर्ने कार्य भएको छैन भन्ने ठाउँ छैन । सहर आसपास तथा बिजुली पुगेका र स्मार्ट फोनको प्रयोग गरिरहेका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा व्यस्थापन समितिले सबैभन्दा पहिले विद्यार्थीको इ-हाजिरको व्यवस्था गर्न जरुरी देखिन्छ ताकि अभिभावकले बालबच्चा विद्यालय आए नआएको थाहा पाउन् ।
    शिक्षक सबै दूधले नुहाएका छन् ?
    प्रविधिको बढ्दो विकाससँगै कक्षामा मोबाइल प्रयोग गरेर च्याट गरिबस्ने शिक्षक पनि छन् । कक्षा चल्दैगर्दा टिकटकमा लाइक र कमेन्ट गनेर बस्नेहरू प्रशस्तै छन् । त्यसलाई सही सदुपयोग गर्नु अहिलेको आवश्यकता रहीआएको छ । जेहोस् अहिले अनलाइन मिडिया, युट्युबको उच्चतम प्रयोग, टिकटक जस्ता सर्वाधिक प्रयोग हुने भिडियो सञ्जाल, फेसबुक आदिमा विद्यालय, शिक्षा, शिक्षक, विद्यार्थी आदिका राम्रा र नराम्रा गतिविधिहरू छरपस्ट छन् । कतिपय संस्थागत विद्यालयमा विद्यार्थी र अभिभावकबीच दुरी बढेको छ भने सामुदायिक विद्यालयप्रतिको नकारात्मक दृष्टिकोण रहीआएकै पाइन्छ । त्यसमा सबै क्षेत्रका शिक्षक, विद्यार्थी, अभिभावक सबैले बेलैमा सचेत हुन आवश्यक देखिन्छ । अन्यथा पछिल्लो समय ुराजनीतिु शब्द तथा पेशा नै खराब भन्ने मानसिकता विकास गरिँदै गएकोमा शिक्षाले पनि त्यो ठाउँ नलेला भन्न सकिन्नँ ।
    स्मार्ट कक्षाकोठा, अभिभावकमा डिजिटल साक्षरताः
    सहरबजारका विद्यालयमा कक्षाकोठामा स्मार्ट टिभी, प्रोजेक्टर, अडियो भिडियोको व्यवस्था रहेको पाइन्छ । विकट क्षेत्रमा मोबाइलको नेटवर्कको समेत समस्या पर्ने हुँदा विद्यालयमा अनलाइनको प्रयोग दन्त्यकथा नै हुने भैगयो । गाउँगाउँका विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीका अभिभावकसँग सामान्य मोबाइल हुने मात्रै नभई अझै पनि डिजिटल साक्षरताको अभाव रहेको पाइन्छ ।

    बालबालिकाका लागि अतिरिक्त पुस्तक
    किताब पढ्ने अभिभावकका बालबच्चाले पढ्नमा जाँगर लगाएको देखिन्छ । विद्यालयका किताबका अलावा अतिरिक्त कथा, कविता, चित्र वा पुस्तक पसल वा अनलाइनमार्फत् उनीहरूका रोजाइका किताबहरू किनिदिने अभिभावकको संख्या बढ्दैछ । तर सामान्य शिक्षा लिएका मात्रै होइन उच्च शिक्षा लिएका अभिभावक पनि वर्षदिनमा एउटा अतिरिक्त किताब नपढ्नेहरू पनि भेटिएका छन् । आफू नपढ्ने र बालबच्चालाई पढ् भन्ने नैतिकता हामीमा कसरी विकास भैरहेको छ त्यता ध्यान दिनैपर्ने भएको छ । यसैक्रममा एक अनलाइन अध्ययन गरिएको छ । जसको तथ्यहरूलाई निम्नानुसार चर्चा गरिन्छः
    अध्ययनका विषयबाहेक व्यक्तिगत जानकारी अन्यत्र सार्वजनिक नगर्ने शर्तमा गरिएको एक अध्ययनमा कूल ६० जना अभिभावकहरूबाट आएको नतिजालाई निम्न वृत्त चित्रमा प्रस्तुत गर्न सकिन्छः

    आफ्ना बालबालिकाहरूले पढ्ने पुस्तकहरूबारे सोधिएको प्रश्नमा बालबालिकाहरूले पढ्ने पुस्तक निम्न छन्
    अर्थ न बर्थका कुरा, केही कथा तथा उपन्यास, केही बाल चित्रकला, बाल कथा सङ्ग्रह, Beauty and beast, Mermaid, पोलेको मकै, पञ्चतन्त्रका कथाहरू, अंग्रेजी भाषाका उपन्यास आदि । कलेज पढ्दै गरेका विद्यार्थीहरूले पाउलो कोएलोको द अलकेमिस्ट, ROALD DAHL Collection, Holes series हरू मन पराएका छन् । स्टेफन हकिङ्, आइन्स्टाइन लगायतका वैज्ञानिकका जीवनीका पुस्तकहरू उनीहरूको रोजाइमा परेको छ ।
    यसैगरी कतिपय अभिभावकले आफ्नो व्यवसाय, रोजगारी तथा विविध कारणले बालबच्चालाई उपयुक्त समय दिन नसकेको बताएका छन् । तथ्याङ्कमा समावेश भएकामध्ये आफ्ना बालबालिकालाई गृहकार्य तथा अन्य पठनमा सघाउन समय दिएरनदिएका अभिभावकको तथ्याङ्क यहाँ दिइएको छ ।

    मोबाइललाई शिक्षण कार्यमा उपयोगी तवरले प्रयोग गर्न सकिन्छ । सिकाइसँग जोडिएका विभिन्न अनलाइन र अफलाइन माध्यमबाट बालबच्चाले विभिन्न एप्लिकेसन र वेबसाइट प्रयोग गरी सिकाइ क्रियाकलापलाई जोड दिन सकिन्छ । जसका लागि साधन दिएर मात्र हुँदैन, अभिभावक अत्यन्त सचेत हुन आवश्यक छ ।
    केही अनलाइन गेमहरू Toodle game, Small world, Hanging donuts, www.turtlediary.com, www.educaplay.com वा अन्य कुनै तपाईँका बालबच्चाले खेल्दछन् भनी सोधिएको प्रश्नमा निम्नानुसारको उत्तर पाइयोः
    बालबच्चाले Science का hack, five minutes craft, Kullabs, Byjus, ChatGpt आदिको प्रयोगबाट सिकाइ क्रियालाई निरन्तरता दिएको धेरै अभिभावकले बताए । पुस्तक पसलमा पुग्ने किशोर पुस्ताले उपन्यासलाई आफ्नो पहिलो रोजाइमा पारेको पाइयो । बालबालिकालाई घरभित्र (indoor) तथा बाहिर (outdoor) खेल्ने सामग्रीको व्यवस्था र समाजसँग घुलमिल गराउन पर्ने नै हुन्छ । खेलकुद, पुस्तक, विभिन्न विचारमाथि बहस, कार्यशालाका अझ धेरै कार्यक्रमहरू स्थानीय सरकारबाट समेत सञ्चालन गर्नु आवश्यक छ ।
    डिजिटल साधनमाथि निगरानी
    कतिपय टिकटक तथा युट्युबका भिडियोहरू बालबालिकाका लागि अनुपयुक्त हुन सक्छ । हामीले बालबालिकाका लागि Restriction नगरी प्रयोग गर्न दियौं भने उनीहरूले वयस्क मानिसलाई लक्षित गरी बनाएका अडियो, भिडियो, चित्र, एनिमेसन आदि जस्ता सामग्रीहरू हेर्दछन् जसले बाल मानसिकतामा असर गर्न सक्छ । कतिपय अभिभावकहरूले आफूले युट्युब तथा टिकटकमा हेरेर सिकाउने गरेको बताए । कसैले समय दिन नसकेको जस्ता प्रतिक्रिया दिए । अधिकांश अभिभावकले बालबालिकाहरूका अघिल्ला वर्षभन्दा बालबालिकाको सिकाइस्तर बढ्दै गएको लेखेका छन् ।
    ‘हामीभन्दा बालबालिकाका बाठा छन् ।’ प्रायः सबै अभिभावकको बोली हो यो । जसले गर्दा साना बालबालिकाका लागि kids youtube, age restriction, location, tracking आदिबारे हामी जानकार रहनै पर्ने भएको छ । इन्टरनेटको इतिहास, ल्यापटपको रिसेन्ट फाइल जस्ता क्रियाकलापमा ख्याल गर्‍यौं भने हाम्रा बालबालिकाले बेलैमा गलत बाटोमा जानबाट रोक्न सकिन्छ । साथै अभिभावकको साथमा यस्ता डिजिटल साधनको प्रयोग भयो भने समेत हामीले हाम्रो भविष्यलाई हाम्रो हातबाट बिग्रनबाट बचाउँन सक्छौं । एउटा उदाहरणः केही समयअघि कक्षा १२ पढ्दै गरेका एक ह्याकर (अनलाइन नामः नरपिचास) ले विभिन्न आइडी ह्याक गर्ने, व्यक्तिगत डाटा सङ्कलन गरी अन्यत्र उपलब्ध गराउने र इन्टरनेट सेवा प्रदायकलाई भारी संख्यामा घाटा पुर्‍याउने कार्य गरेका जस्ता थुप्रै उदाहरण हामीमाझ छिपेको छैन । सामान्यभन्दा सामान्य डाटा सुरक्षामा पनि हामी निकै कमजोर रहेका छौं ।
    साथै अभिभावकले आफूले पढ्ने गरेको वा नगरेको भन्ने प्रश्नको उत्तरमा अधिकांशको उत्तर पढ्ने गरेको भन्ने पाइएको छ । आजकाल पढ्नेहरूका लागि अनलाइनमैं पनि यथेष्ट पुस्तक पाइन्छन् ।
    अध्ययनको प्रक्रिया अनलाइनमार्फत् भएकोले यो अध्ययनले डिजिटल सामग्रीको प्रयोग गर्ने अभिभावकहरूलाई मात्रै समेट्न सकेको छ । अध्ययनको उद्देश्य नै डिजिटल सामग्रीमार्फत् सिकाइ क्रियाकलाप भएको हुँदा त्यसलाई धेरै हदसम्म पूरा गर्न सकेको अनुमान गर्न सकिन्छ ।
    अन्त्यमा अभिभावक र आफ्ना बालबच्चाबीचमा अन्योन्याश्रित सम्बन्ध कायम हुन जरूरी देखिन्छ । जसबाट उनीहरूले आफ्ना समस्याहरूमाथि परिवारमैं छलफल गर्न सक्नेछन् । परिवारमा यस्तो वातावरण भएमा विद्यालयसम्म पुग्दा ती समस्या समाधान भैसकेको हुन्छ । जसले गर्दा बालबालिकाले पढ्ने, लेख्ने, साथी तथा शिक्षकहरूसँग असल व्यवहार गर्ने गरेको पाइन्छ ।

    भान्छादेखि स्कूलसम्म रोगैरोग
    भान्छादेखि नै अखाद्य तत्व प्रयोग हुँदा बालबालिकाले चाउचाउ, धुलोधुवाँ मिसिएका अति भिनेगार राखेका चटपटे, कुनै मापदण्डविनाका पानीपुरी र पाकेटबन्द खाद्यहरू प्रयोग गरिरहेका छन् । खाजाको टिफिनमा मैदाका रातापिरा खाद्यहरू खाँदिएका हुन्छन् । यसबारे अधिकांशजस्तो अभिभावक सचेत छैन । शारीरिक हिसाबले अस्वस्थ बालबच्चा डिजिटलसाधनको अति प्रयोगले मानसिक हिसाबले झनै चाँडै अस्वस्थ हुन सक्ने डर छँदैछ । अझ अध्ययनले घरमा रातरातभर मोबाइल चलाउने र स्कूलमा दिनदिनभर झोक्राउने बालबच्चाको बालबच्चा अति तिनका अभिभावकलाई समेट्न सकेको छैन । जसका कारण बाबुआमासँग द्वन्द्व बढेको बालबच्चाले विद्यालयमा पढ्न सकिरहेका छैनन् ।

    के गर्ने के नगर्ने ?
    अरूलाई सिकाउने कुरा आफैंले लागू गरिदिए संसार बेग्लै बन्दो हो ।हरेक दिन बिहान र बेलुका बालबच्चासँगै बसेर गृहकार्य गराउने । अतिरिक्त पुस्तक पढेर सुनाउने अनि उनीहरूलाई सुनाउन लगाउने । सो बारे प्रश्न सोध्ने । आफ्नो उपस्थितिमा डिजिटल साधनमा विद्यालयसँग जोडिएका अनलाइन अफलाइन गेम खेल्न दिने । सकारात्मक अभिभावक्तव (Positive
    parenting) का तौरतरिकाहरूमा जोड दिने । उनीहरूका कुरा सुन्ने ।उनीहरूका समस्यालाई बेवास्ता नगर्ने र बेलैमा समाधान गर्ने । आफ्नो आर्थिक हैसियतअनुसारको खर्चमा नियन्त्रण गर्न सिकाउने । आफू अनुशासित हुने र उनीहरूलाई सोको प्रस्तुति गराउने । उनीहरूका राम्रा आचरण र काममा धन्यवाद (Thank you), स्याबास (Welldone) दिने । आफ्ना गल्तीमा क्षमा (sorry) माग्ने । उनीहरूका अगाडि अरूका कुरा नकाट्ने । अनाथालय, वृद्धाश्रम आदि भ्रमण गराउने र उनीहरूमार्फत् सहयोग गराउने । बालबच्चाको प्राथमिकतामा ध्यान दिने । असल आचरणका साथ जिउने । नरिसाउने र भौतिक सजाय नदिने । यी भए हाम्रा दैनिकीहरू । डिजिटल साधनको प्रयोग पनि हाम्रा दैनिकीमा थपिएका छन् । तिनलाई पनि यसैसँग जोडेर प्रयोग गराउनेमा जोड दिनुपर्छ ।
    बाबुआमाका अनलाइनका गतिविधिले बालबालिकाका साथीसमूह व्यवहारगत समस्याअनि थोत्रा ल्यापटप, मोबाइल, ब्याट्री, प्रिन्टर, यसका मसीहरू अर्थात् विद्युतीय फोहोर (e-waste) लाई बालबालिकाले खेलौनाका रुपमा प्रयोग गर्दा हामीमाथि पर्ने असरबारे गहन अध्ययन पुगेको छैन । लेखमा अझ धेरै कुरा खोजिरहेको आभास भएको छ । अहिलेलाई यति नै ।
    अन्ततः मोबाइल, ल्यापटपलाई दराजमा ताल्चा लगाएर राख्नुपर्छ भन्ने ध्येय होइन । यो लेखको मूख्य आशय डिजिटल साधनको सही सदुपयोग गरी आफू र बालबालिकालाई बेलैमा विकसित मुलुकका बालबालिकासरह सचेत र योग्य बनाउनमा प्रयोग गर्नुपर्नेमा झक्झकाउनु रहेकोमा विषय उठानसम्म गर्न सकियो कि भन्ने अनुमान रहेको छ । अतः बालबालिका र अभिभावकबीचमा यस्ता साधनको उचित सदुपयोग हुन सकेमा धेरैभन्दा धेरै सिकाइका साथ घरघरमा सुनौलो भविष्यको कल्पना गर्न सकिन्छ ।
    नोटः धन्यवाद ती अभिभावक, शिक्षक तथा सरोकारवाला सबैप्रति । जसले आफ्ना अमूल्य समय यस अध्ययनको तथ्याङ्कका लागि छुट्याउनु भयो ।


    जनप्रिय मा.वि., हेटौंडा-१६
    (आबद्धताः कम्प्युटर एशोसिएसन नेपाल, मकवानपुर )

    शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    गणित हाजिरीजवाफ प्रतियोगिता हुने
    प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका

    • गणित हाजिरीजवाफ प्रतियोगिता हुने

    • प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

    • नवोदयमा कफी हाउस कार्यक्रम सुरु

    • माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys