हेटौँडा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । बिहीबार बिहान ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा प्रतियोगिता सुरु भएको हो ।
प्याव्सनको वार्षिक खेलकुद सप्ताह अन्तर्गत प्रतियोगिता आयोजना गरिएको प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभयो । बिहीबारदेखि सुरु भएको प्रतियोगिता शनिबारसम्म चल्नेछ । प्रतियोगितामा २० वटा संस्थागत विद्यालयको सहभागिता रहेको छ । खेलकुद प्रतियोगिताअन्तर्गत प्याव्सन मकवानपुरले फुटबल, क्रिकेट, छात्र र छात्रा भलिबल प्रतियोगिता आयोजना गरेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताहरुले ट्रफी, मेडेल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
