हेटौँडा / हेटौँडा उपमहानगरपालिकाले शैक्षिक क्षेत्रमा दरबन्दी मिलान गरेको छ । लामो समयसम्म मिल्न नसकेको दरबन्दीकाे विषय उपमहानगरपालिकाले व्यवस्थापन गरेकाे हाे ।
उपमहानगरभित्रका ३२ विद्यालयका प्राथमिक तहको दरबन्दी कट्टा गरी अपुग भएका १५ विद्यालयमा थप गर्ने व्यवस्था भएपछि शिक्षक दरवन्दीकाे समस्या हट्ने देखिएको छ । यसले पठनपाठन अरु प्रभावकारी हुने अनुमान उपमहानगरको छ । नगर शिक्षा समितिको निर्णयअनुसार दरबन्दी मिलान भएको बताइएको छ ।
शिक्षा ऐन २०७४ को संसोधित व्यवस्थाअनुसार नगर शिक्षा समितिले सबैलाई सहज, व्यवस्थित हुने गरी शैक्षिक दरबन्दी मिलान गरेको जनाएको छ ।
बल्ल भयाे दरबन्दी मिलान
बल्ल भयाे दरबन्दी मिलान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु