×

मेनु

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

sudhionline
0 पटक हेरियो
0 प्रतिक्रिया

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका ७७७ जना शिक्षक छनोटका लागि आज विज्ञापन गरेको छ ।

आयोगले आजदेखि नियमित दस्तुरमा चैत १ गते सम्ममा र दोब्बर दस्तुर तिरी चैत ८ गतेसम्म आवेदन लिने गरी आवेदन माग गरेको हो ।

आज गरेको विज्ञापनमा नेपाली विषयका लागि ११७, अङ्ग्रेजीका लागि १७६, गणितका लागि १२८, विज्ञानका लागि १६३, सामाजिकका लागि १२२, गणित–विज्ञानका लागि ६५, शुक्ल युजुर्वेदका लागि १, कम्प्युटर विज्ञानका लागि १, संस्कृत भाषाका लागि ५ गरी जम्मा ७७७ रिक्त पदका लागि आवेदन माग गरेको छ ।

दरखास्त कसरी दिने ?
विज्ञापन भएको पदमा आयोगको आधिकारिक अनलाइन पोर्टल https://online.tsc.gov.np मा गई दरखास्त पेश गर्नुपर्ने छ । दरखास्त पेश गर्ने विधिसम्बन्धी विस्तृत जानकारी आयोगको अनलाइन पोर्टलमा रहेको “प्रयोगकर्ता पुस्तिका” मा Click गरी हेर्न सकिनेछ ।

sudhionline लेखक

हाम्रो टोलीका अनुभवी सदस्य, निरन्तर रूपमा गुणस्तरीय सामग्री प्रकाशित गर्दछन्।

प्रतिक्रियाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *