• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, बैशाख २६, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
  • ६ दिन अगाडि

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
  • ६ दिन अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • २ हप्ता अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ४ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • १ महिना अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

एसइईपछिका तीन महिना

  • बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
  • एसइई परीक्षा दिएका पाँच लाख विद्यार्थी चैत २७ पछि तीनमहिने फुर्सदमा छन् । विद्यालय जीवन सुरु भएदेखि यति लामो शैक्षिक बिदामा बसेका ती विद्यार्थीका लागि जीवनमा पहिलो पटक हो । यो परीक्षा दिएर बसेका विद्यार्थीले अब आफू स्वतन्त्र भएको महसुस गर्छन् । उनीहरूको मनोभाव नै यस्तो निर्माण भइरहेको हुन्छ । एसइई दिएर बसेका हरेक विद्यार्थीको जीवनमा भने यो तीन महिना निकै महत्वपूर्ण हुन्छ । यो समयलाई सदुपयोग गरेर कैयौँ विद्यार्थीले भविष्यमा आफूले पढ्ने विषयमा आधार तय गर्छन् भने कतिपयले आफूले पालेका सौख पूरा गर्छन् । कतिपयले के गर्ने भन्ने भेउ नपाएरै त्यसै समय बिताउँछन् । जसले जे गरे पनि जस्तो गरे पनि विद्यार्थीले केही न केही गरेर यो समयलाई व्यतीत गर्नु पर्छ ।

    यो समयमा आफ्ना बालबालिकाले के गरिरहेका छन् र के गर्नु पर्ने हो भन्ने बारेमा अभिभावक वर्गसमेत चनाखो हुनु पर्छ । बालबालिकाले यो समयमा केही गर्नका लागि गतिलो आधार भेटाएनन् भने उनीहरू कुलत या गलत बाटोमा लाग्ने अवस्था आउन सक्छ । खाली समय हुने भएको हुँदा कतिपय बालबालिकाले यो समयमा मोबाइलको अधिकतम प्रयोगसमेत गर्छन् । लामो समयसम्म मोबाइल हेर्दा उनीहरूमा यसको लतसमेत लाग्न सक्छ । यस्ता कुराबाट छुटकारा पाउनका लागि बालबालिका कुनै न कुनै काममा सहभागी हुनुपर्छ । बालबालिकाले पनि यो समयमा आफूलाई सृजनात्मक कार्यमा बढी लगाउनु पर्छ । एसइईपछिको समयलाई आफ्नो भविष्य निर्माणको आधार बनाउनका लागि आफैँ नै तम्तयार हुनुपर्छ । खास गरेर यो समयमा अभिभावक र स्वयम् बालबालिकाले पनि समयको सही सदुपयोग गर्नका लागि निम्न कुरामा विशेष ध्यान दिनु पर्छ ।

    सिप विकास

    बालबालिकाले यो समयमा आफूलाई मन पर्ने विषयका सिप सिक्न सक्छन् । जुनसुकै सिप भए पनि मानव जीवनका लागि सिपको महत्व धेरै नै हुन्छ । यसले मानिसलाई आत्मनिर्भर बनाउनुका साथै उद्यमशील बनाउन पनि मद्दत गरिरहेको हुन्छ । विभिन्न सङ्घ संस्थाले यो समयमा छोटो अवधिका सिपमूलक तालिम प्रदान गरिरहेका हुन्छन् । या घरमै पनि विद्यार्थीले परिवारबाट विभिन्न खालका सिप सिक्न सक्छन् । विद्यार्थीले आफ्नो रुचिको विषयको सिप सिकेर जीवनभर त्यसबाट फाइदा लिन सक्छन् । हाम्रो शिक्षा प्रणाली पनि सिपमूलकभन्दा सिद्धान्तमा बढी केन्द्रित भएको हुँदा सिप सिक्नका लागि यो समय निकै उपयोगी हुन्छ । सामान्यभन्दा पनि सामान्य खालका सिप विद्यार्थीले यस समयमा सिक्नका लागि तयार हुनुपर्छ । मोबाइल मर्मत, बेकरी आइटम निर्माण, सूचना प्रविधिसम्बन्धी, कम्प्युटर सञ्चालन र मर्मत, उद्घोषणलगायतका विभिन्न सिपमूलक तालिम प्राप्त गरियो भने यसले बालबालिकालाई एकातिर बरालिन दिँदैन भने अर्कातिर उनीहरूलाई व्यस्त पनि बनाइराख्छ । यसका साथै सामान्य पकाउने या घरायसी विभिन्न खालका काम गर्ने सिप पनि घरपरिवारमै बालबालिकालाई सिकाउन सकिन्छ ।

    ब्रिज कोर्स

    विद्यार्थीले माथिल्लो तहमा आफूले अध्ययन गर्न चाहेको विषयमा गतिलो आधार निर्माण गर्नका लागि ब्रिज कोर्स लिनुपर्ने हुन्छ । यस्ता कोर्स विद्यार्थीले आफ्नो रुचि र सपना अनुसारका हुनु पर्छ । ब्रिज कोर्स अपरिहार्य कुरा नभए पनि आफूलाई जटिल लाग्ने खालका विषयमा विद्यार्थीले अतिरिक्त कक्षा लिनु पर्छ । खास गरेर विभिन्न प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले यस्तो कक्षा लिनु नितान्त आवश्यक मानिन्छ । धेरै प्रतिस्पर्धा हुने कार्यक्रिममा अध्ययन गर्नका लागि प्रवेश परीक्षामा नाम निकाल्नै पर्ने बाध्यात्मक अवस्था हुन्छ । यसका लागि पनि ब्रिज कोर्सको आवश्यकता पर्छ । अचेल ब्रिज कोर्सका नाममा अभिभावकले विद्यार्थीलाई पढ्नका लागि दबाबसमेत दिएको देखिन्छ तर विद्यार्थीले ब्रिज कोर्सको आवश्यकता महसुस नगरेको खण्डमा भने अभिभावकले यस्तो दबाब दिनु उचित हुँदैन । अत्यावश्यकबाहेक ब्रिज कोर्सले विद्यार्थीलाई किताबबाट किताबसम्म मात्रै लैजाने गर्छ ।

    अभिरुचिपूर्ण कार्य

    बालबालिकालाई अध्ययन सँगसँगै विभिन्न खाले विषयमा अभिरुचिसमेत हुने गर्छ । खास गरेर अध्ययन बाहिरका अतिरिक्त क्रियाकलापमा रुचि राख्ने विद्यार्थीले आफ्नो अभिरुचिको कुरालाई अगाडि बढाउनका लागि पढाइको चापका बिचमा सकिरहेका हुँदैनन् । यो खाली समयमा उनीहरूलाई यस्ता अभिरुचिका कुरा सिक्न दिनु पर्छ । कतिपय विद्यार्थीमा गीत गाउँने अभिरुचि हुन्छ भने सङ्गीतका कक्षा लिनु पर्छ । कतिपयलाई चित्रकला, कतिपयलाई खेलकुद, कतिपयलाई साहित्य लेखनलगायतका विभिन्न सृजनात्मक कार्यम अभिरुचि हुन्छ । त्यसैले यस्ता कार्यमा एसइई दिएर बसेका विद्यार्थीले सिक्न सक्छन् । यसले विद्यार्थीमा अतिरिक्त क्षमता अभिवृद्धि गर्न विशेष भूमिका निर्वाह गर्छ ।

    पुस्तक अध्ययन

    विद्यार्थीका लागि विभिन्न विषयसँग सम्बन्धित आख्यान तथा गैरआख्यानका पुस्तक अध्ययन गरेर ज्ञान र मनोरञ्जन हासिल गर्नका लागि पनि यो समय अत्यन्त उपयुक्त मानिन्छ । विभिन्न साहित्यका हुन् या अन्य विषयसँग सम्बन्धित पुस्तक नै किन नहुन् जे पढे पनि विद्यार्थीमा पुस्तक पढ्ने बानीको विकास हुन्छ । विभिन्न विधासँग सम्बन्धित पुस्तकले विद्यार्थीलाई मनोरञ्जनका साथै ज्ञान र पनि दिन्छ । पुस्तक अध्ययन गर्दा कस्ता खालका पुस्तकलाई प्राथमिकता दिने भन्ने कुराका बारेमा विद्यार्थीले अभिभावक या अन्य जान्ने मानिससँग जानकारीसमेत लिनु पर्छ । सबै पुस्तकले ज्ञानको दायरालाई फराकिलो नपार्न सक्छ ।

    यात्रा गर्ने

    यात्राले नयाँ ठाउँ र परिवेशका बारेमा जीवन्त जानकारी दिने गर्छ । विभिन्न धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पर्यटकीयलगायत विविध पक्षले महत्वपूर्ण मानिएका ठाउँको यात्रा गरेर विद्यार्थीले आफैँले त्यसको बारेमा जानकारी लिन पाउँछन् । यात्रा गर्नका लागि टाढा टाढाको ठाउँ नै रोज्नु पर्छ भन्ने छैन, आफ्नै वरपरका ठाउँको पनि भ्रमण गरेर जानकारी लिनु पर्छ । यसरी आफूले भ्रमण गरेका ठाउँका बारेमा दैनिकी लेख्ने बानीको पनि विकास गर्नु पर्छ । यसले पछिसम्म आफूले भोगेका कुरालाई ताजा बनाएर राख्छ ।

    आफन्तसँग भेट र चिनजान

    आजभोलि एकल परिवारको बाहुल्यता बढ्दै गएको छ । एकल परिवारका कारण बालबालिकाले आफन्तीको बारेमा जानकारी पाएका हुँदैनन् । साथै चिनजान पनि गर्न पाएका हुँदैनन् । नजिकका आफन्तसँग पनि बालबालिकाको चिनजान हुन पाएको हुँदैन । यो समयमा विद्यार्थीले आफन्तसँग भेटघाट गरेर सम्बन्ध प्रगाढ बनाउन सक्छन् । आफन्तको घरमा जाने र उनीहरूसँग पारिवारिक कुराकानी गर्ने कुराले बालबालिकाको मनोविज्ञानमा सकारात्मक प्रभाव पर्छ । बालबालिकालाई आफन्तीसँग रमाउनका लागि भने अभिभावकले विशेष भूमिका निर्वाह गर्नु पर्छ ।

    समय भन्ने कुरा त्यसै पनि बितेर गइहाल्छ तर यसलाई सदुपयोग गर्न सक्यौँ भने यसले भविष्यमा धेरै कुरामा सहजता थप्ने गर्छ । बालबालिकाले यो समयमा सिकेको कुराले उनीहरूको जीवनलाई दिशानिर्देश गर्छ । खाली समयमा केही न केही सिक्नु पर्छ भनेर अभिभावकले बालबालिकालाई दबाबभन्दा पनि उत्प्रेरणा दिनु पर्छ । उनीहरूको अभिरुचि बेगर अनावश्यक दबाब हामीले दिन थाल्यौँ भने त्यसले सकारात्मकभन्दा नकारात्मक परिणाम प्राप्त हुन सक्छ । त्यसैले एसइई दिएर बसेका विद्यार्थी र अभिभावकबिच समन्वय हुनु पर्छ । समयको सदुपयोग गर्नका लागि अभिभावकले आफ्ना बालबालिकालाई नै के गर्ने भनेर प्रश्न गरौँ ? उनीहरूलाई राम्रो काम रमाइ रमाइ गर्नका लागि उत्प्रेरित गराैँ ।
    वसन्त आचार्य
    स्रोत : गोरखापत्र

    बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित

    तपाईंको प्रतिक्रिया दिनुहोस्

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    संबन्धित शिर्षकहरु
    सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
    जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १.
      रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
    • २.
      म्यानेजमेन्टको शिक्षाशास्त्र सङ्कायमा पूर्ण छात्रवृत्ति
    • ३.
      घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग
    • ४.
      निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
    • ५.
      ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
    • १.
      जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    • २.
      सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys