• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, बैशाख २६, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
  • ६ दिन अगाडि

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
  • ६ दिन अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • २ हप्ता अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ४ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • १ महिना अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

बाल सुधारगृहमा रहेका ८५ जना बालकहरु शिक्षाबाट बञ्चित, विद्यालयमा कानुनी शिक्षा राख्न सरकारलाई कैदी बालकको अनुरोध

  • Suddhi Online मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • हेटौंडा। विभिन्न अपराधका घटनामा दोषी ठहर भएका र पुर्पक्षमा रहेका बालबालिकालाई राख्ने गरिएको हेटौंडा–११ थानाभर्याङस्थित बाल सुधारगृहमा रहेका ८५ जना बालकहरु शिक्षा पाउनबाट भने बञ्चित रहेका छन् । नेपाल सरकारले बाल सुधार गृहमा रहेका बालकहरुको लागि शिक्षाको छुट्टै व्यवस्था गर्न चासो नदिँदा उनीहरु शिक्षाको अधिकारबाट बञ्चित भएका हुन् ।
    थानभरयाङस्थित बालसुधारगृहमा १३ वर्ष देखि १८ वर्ष उमेरसम्मका ८५ जना बालक रहेका छन् । महिला बालबालिका र जेष्ठ नागरिक मन्त्रालयको मातहतमा २०७५ सालबाट मकवानपुरमा उक्त बाल सुधार गृह सञ्चालनमा ल्याइएको थियो । सुधारगृहमा रहेका बालकहरुका लागि शिक्षाको व्यवस्था गर्न पहल भइरहेता पनि संरचनाको साथै शिक्षकको व्यवस्था समेत मिलाउन अप्ठेरो परेको बाल सुधार गृहका खरदार सर्वण कुमार पुडासैनीले बताए । विभिन्न उमेर समूहमा रहेका बालकहरुलाई कुन स्तरको शिक्षक ल्याउने र उनीहरुको पढाईलाई कसरी उमेरगत र कक्षागत रुपमा मिलाउने भन्ने विषय चुनौतीको रुपमा रहेको पुडासैनीको भनाइ छ ।

    बालसुधार गृहको क्षमता भन्दा झन्डै दोब्बर बालकहरु राख्दा सास्ती समेत खेप्नु परेको छ । ३५ जनाको क्षमता भएको उक्त गृहमा ८५ जनालाई राखिएको बाल सुधार गृहका खरदार पुडासैनीले बताए । १८ वर्ष नाघेकालाई छुट्टै व्यवस्था गर्न नसक्दा समस्या सिर्जना भएको उनको भनाइ छ ।
    चितवन र मकवानपुरको राख्ने भनी बनाइएको भएता पनि अन्य जिल्लाको समेत राख्न पर्दा क्षमता भन्दा बढी बालक राख्न पर्दा समेत भएको उहाँले बताउनुभयो । अन्य गृहको तुलनामा भने हेटौंडाको बालगृहमा कम बालकहरु रहेको उहाँको भनाइ छ । सुधार गृहमा रहेका बालकहरुका लागि सामाजिक विकास मन्त्रालय मार्फत विभिन्न तालिमको समेत व्यवस्था गर्ने गरेको छ ।

    बाल सुधार गृह हेटौंडाले दिएको ०८२/ ०३/ १२ गते सम्मको तथ्यांक अनुसार जबर्जस्ती करणीमा ५८ जना, कर्तव्य ज्यानमा ५ जना, लागुऔषध ८ जना,डाका १ जना, सवारी ज्यान १ जना, जबर्जस्ती करणी १, ज्यान मुद्दा १ जना, अप्राकृतिक मैथुन १ जना, नकवाजनी चोरी र आपराधिक उपद्रो १ जना, अपहरण/शरीर बन्धक र जबर्जस्ती करणी १ जना, चोरी ४ जना र लागुऔषध /चोरी १,चोरी तथा डाँका ४ जना मुद्दाका गरी जना ८५ जना रहेका छन् । सबै भन्दा बढीले जबर्जस्ती करणी मुद्दामा रहेका बालकहरु रहेका छन् । तथ्यांक हेर्दा पछिल्लो समय बाल अपराधहरु बढ्दो देखिन्छन् ।

    तथ्यांकअनुसार सुधारगृहमा सबैभन्दा बढी १८ वर्ष उमेर समुहका ४१ जना छन् भने १६ देखि १८ वर्ष उमेर समुहका ३० जना, १४ देखि १५ उमेर समुहका १४ जना रहेका छन् । तथ्यांकअनुसार मकवानपुरका ४४ जना कैद फैसला सुनाएका, ४१ जना पुर्पक्षका लागि रहेका छन् ।

    उक्त बालगृहमा बालकहरुका लागि लाइब्रेरीसहित ५ वटा कोठा रहेको छ भने ८ जना सुरक्षाकर्मी रहेका छन् । देशभर गरी ९ वटा बाल सुधार गृह रहेका छन् । ९ वटा बालगृह मध्ये भक्तपुर र विराटनगरको बालगृहमा भने सामुदायिक विद्यालयनै संचालन गरिएको छ ।

    थुनुवा र कैदी बालकहरु भन्छन् ;”विद्यालयमा कानुनको शिक्षा लिन पाएको भए आज आमाको काखमा हुने थियौं। सानै कक्षादेखि विद्यालयमा कानुनी शिक्षा राख्न सरकारलाई अनुरोध छ । हामिले जस्तो अन्जानमा गरेको गल्तीले किताब बोक्ने उमेरमा कैदी भएर बस्न नपरोस्।”

    मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित

    तपाईंको प्रतिक्रिया दिनुहोस्

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    संबन्धित शिर्षकहरु
    सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
    जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १.
      रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
    • २.
      म्यानेजमेन्टको शिक्षाशास्त्र सङ्कायमा पूर्ण छात्रवृत्ति
    • ३.
      घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग
    • ४.
      निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
    • ५.
      ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
    • १.
      जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    • २.
      सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys