हेटौँडा: मकवानपुरको बागमती गाउँपालिकाभित्रका विद्यालयमा बिहानी सत्रमा कक्षा सञ्चालन हुने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बुधबार एक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै बिहानी सत्रमा कक्षा सञ्चालन गर्न अनुरोध गर्नुभएको हो ।
गाउँ शिक्षा समितिको बुधबार बसेको बैठकको निर्णयअनुसार, पालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूले आफ्नै विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी पाठ्यक्रम अनुसारको कार्यघण्टामा असर नपर्ने गरी बिहानी सत्रमा कक्षा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ ।
बागमतीका विद्यालयमा बिहानी सत्र लागू
बागमतीका विद्यालयमा बिहानी सत्र लागू
संबन्धित शिर्षकहरु
तपाईंको प्रतिक्रिया दिनुहोस्