• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, बैशाख २६, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
  • ६ दिन अगाडि

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
  • ६ दिन अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • २ हप्ता अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ४ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • १ महिना अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

संस्थागत विद्यालयको नियमन

  • Suddhi Online बुधबार, जेठ २९, २०८२ मा प्रकाशित
  • नेपालको संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने र अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्व दिँदै उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी आर्थिक समृद्धि हासिल गर्ने नीति अङ्गीकार गरेको छ । अर्कोतर्फ शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने नीति छ । यसबाट शिक्षा क्षेत्रमा निजी लगानीलाई प्रोत्साहन त गर्ने तर सँगसँगै नियमन गरी कल्याणकारी पनि बनाउने संवैधानिक आशय देखिन्छ ।

    विश्व आर्थिक उदारीकरण र निजीकरणमा होमिएका बेला (त्यतिबेला नेपालमा निजीकरणको खासै प्रभाव परिसकेको थिएन) विसं २०३७ सालतिर निजीस्तरमा विद्यालय खोल्न अनुमति दिइयो । मुलुकभर निजी लगानीमा विद्यालय खुल्ने क्रम बढ्दै गयो । कुल ४१,८२४ पूर्वप्राथमिक कक्षामध्ये निजीस्तरबाट खोलिएका ७,८१४ (१९ प्रतिशत) छन् । यस तहमा कुल विद्यार्थी १३,०१,४२८ मध्ये संस्थागत विद्यालयमा ६,८२,५७६ (५२.४ प्रतिशत) भर्ना भएका छन् । त्यस्तै कुल विद्यालय ३५,४४७ मध्ये निजी लगानीमा सञ्चालित विद्यालयको सङ्ख्या ८१४९ अर्थात् करिब २३ प्रतिशत र विद्यार्थी सङ्ख्या कुल विद्यार्थी सङ्ख्याको तुलनामा करिब ३४ प्रतिशत रहेको छ (तथ्याङ्क स्रोत : शिक्षा तथा मानव स्रोत विकास केन्द्र,२०८२) ।

    निजी लगानीका विद्यालयको स्थापनाबाट विद्यालय शिक्षाको पहुँच विस्तारमा मद्दत पुगेको छ । अभिभावकलाई आफ्ना बालबालिकाका लागि शिक्षाको छनोटको अवसर मिलेको छ । राज्यले शिक्षामा गर्नुपर्ने लगानी जोगिएको छ । केही मात्रामा शिक्षित जनशक्तिलाई रोजगारीको अवसर पनि मिलेको छ । अधिकांश विद्यालयले तुलनात्मक रूपमा राम्रो नतिजा पनि प्रदर्शन गरेका छन् । निजी क्षेत्रसँग भएको स्रोतको परिचालन भएको छ । विद्यालय शिक्षामा प्रतिस्पर्धाको वातावरण बनेको छ जसबाट गुणस्तर सुधारमा मद्दत पुग्ने छ ।

    शिक्षा ऐन, २०२८ मा गुठी र कम्पनीका रूपमा निजी स्तरबाट विद्यालय खोल्न सकिने व्यवस्था छ । यस्ता विद्यालयको अनुमति, स्वीकृति, समायोजन, अनुगमन र नियमन तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट हुँदै आएकोमा हाल स्थानीय तहबाट हुने व्यवस्था छ । यस्ता विद्यालय नेपाल सरकारले तोकेको मापदण्ड र नीतिको अधीनमा रही सञ्चालन हुनुपर्ने व्यवस्था छ । नेपाल सरकारले तोकेको पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षण र मूल्याङ्कन प्रक्रिया अवलम्बन गर्नुपर्ने कानुनी व्यवस्था छ । वर्तमान अभ्यासलाई दृष्टिगत गर्दा मूलतः निम्न पक्षमा प्रभावकारी अनुगमन र नियमन हुनु पर्छ ।

    स्वीकृत पाठ्यक्रमको प्रयोग

    सबै विद्यालयले नेपाल सरकारले तोकेको पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्री प्रयोग गर्नुपर्ने व्यवस्था छ । विद्यालयमा स्वीकृत पाठ्यक्रम र सो अनुसारका पाठ्यपुस्तक प्रयोग भए/नभएको नियमित अनुगमन हुन आवश्यक हुन्छ । मुख्य गरी पूर्वप्राथमिक तहमा अधिकांश संस्थागत विद्यालयले स्वीकृत पाठ्यक्रमको प्रयोग नगरी फरक फरक पाठ्यपुस्तक र पाठ्यसामग्रीको प्रयोग गर्ने गरेको पाइन्छ । जबकि यस्ता कक्षामा बालबालिकाको सर्वाङ्गीण विकास हुने खालका क्रियाकलाप सञ्चालन गर्नुपर्ने र क्रियाकलापमा आधारित सिकाइ प्रक्रियाको अवलम्बन गर्नुपर्ने हो । खेल, सङ्गीत र मनोरञ्जक क्रियाकलापका माध्यमबाट सिकाइका क्रियाकलाप सञ्चालन गर्ने र विद्यालय (कक्षा १) का लागि तयार गर्नु पूर्वप्राथमिक तहको मुख्य उद्देश्य हो । शिशुविकास केन्द्रको अवधारणा अनुरूप सञ्चालन हुनुपर्ने मन्टेश्वरी कक्षा र प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम अनुरूप सञ्चालन हुनुपर्ने पूर्वप्राथमिक कक्षामा घोकाउने, कण्ठ गराउने तथा विषयवस्तुकेन्द्रित अधिक गृहकार्य दिने परिपाटीमा सुधार गर्नु पर्छ ।

    शिक्षक व्यवस्था

    शिक्षा ऐन, २०२८ मा विद्यालयमा अध्यापन गर्न अध्यापन अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । शिक्षक हुन न्यूनतम शैक्षिक योग्यता र तालिमप्राप्त हुनुपर्ने व्यवस्था निजी लगानीका विद्यालयमा के कति परिपालना भएको छ यसको लेखाजोखा हुन सकेको छैन । शिक्षकलाई अध्यापन गर्ने तह र सोको योग्यता अनुरूप न्यूनतम पारिश्रमिक सुनिश्चित हुन आवश्यक छ । किनकि शिक्षकको योग्यता, तालिम र पारिश्रमिकको सम्बन्ध शिक्षकको उत्प्रेरणा एवं मनोबलसँग र यसको सिधा सम्बन्ध शिक्षण सिकाइको गुणस्तरसँग हुन्छ । प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा पहुँच हुने संवैधानिक र कानुनी व्यवस्थाको सारभूत कार्यान्वयनका लागि पनि यस्ता विद्यालयको नियमित अनुगमन र नियमन हुन आवश्यक छ ।

    शैक्षिक सामग्री र सिकाइ क्रियाकलाप

    विद्यार्थीमा विषयवस्तुको ठोस धारणा दिन, सिकाइलाई रोचक, प्रभावकारी र दिगो बनाउन शैक्षिक सामग्रीको प्रयोग अपरिहार्य हुन्छ । पाठ्यखमको उद्देश्य र विषयवस्तु अनुरूपका सामग्रीको प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा अभ्यासमा त्यसो हुन सकेको पाइँदैन । विषयवस्तु घोकाउने र कण्ठस्थ गरेर हुबहु लेखाई उच्च अङ्क प्राप्त गराउने र यसैलाई गुणस्तरका रूपमा अथ्र्याउने प्रवृत्ति विद्यमान छ । नियमित सुपरिवेक्षणका माध्यमबाट पाठ्यक्रमबमोजिमको शिक्षण विधि र सामग्रीको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गराउने व्यवस्था गर्नु पर्छ । स्वीकृत पाठ्यक्रम, तह र उद्देश्य अनुरूप शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन भए/नभएको नियमित अनुगमन गरी पृष्ठपोषण र सुधार हुन आवश्यक छ । यसका लागि कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलापको अवलोकन, मेन्टरिङ, प्रधानाध्यापक र शिक्षकसँग छलफल जस्ता विधि अवलम्बन गर्न सकिन्छ ।

    शुल्क निर्धारण, निःशुल्क शिक्षा र छात्रवृत्ति

    अनिवार्य र निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ मा निजी लगानीका विद्यालयले निश्चित प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्थाको कार्यान्वयनको नियमित र प्रभावकारी अनुगमन हुनु पर्छ । यस्ता विद्यालयले लिन पाउने शुल्क र सो निर्धारण गर्ने प्रक्रियाबारे शिक्षा नियमावली, २०५९ मा स्पष्ट व्यवस्था छ । विद्यालयले उपलब्ध गराएको सुविधा र उपलब्ध गराएको शैक्षिक वातावरण अनुसारको शुल्क लिन पाउने आशय उक्त नियमावलीको छ । सो प्रावधानको प्रभावकारी कार्यान्वयन हुन आवश्यक छ ।

    शैक्षिक सूचना र तथ्याङ्क व्यवस्थापन

    शिक्षासम्बन्धी राष्ट्रिय नीति, योजना र कार्यक्रमको तर्जुमाका लागि सबै विद्यालयको विवरण राष्ट्रिय शैक्षिक सूचना प्रणालीमा समावेश हुन आवश्यक हुन्छ । विद्यार्थी, शिक्षक, भौतिक पक्षलगायत विद्यालयसम्बन्धी विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा नियमित रूपमा अद्यावधिक गरे/नगरेको नियमित अनुगमन गर्नु पर्छ । साथै प्रविष्टि र अद्यावधिक गरिएका विवरणको सत्यापन गरी तथ्याङ्कलाई यथार्थपरक र विश्वसनीय बनाउनु पर्छ । अनुकूल भए/नभएको नियमित र प्रभावकारी अनुगमन हुनु आवश्यक छ । साभार : गोरखापत्र

    बुधबार, जेठ २९, २०८२ मा प्रकाशित

    तपाईंको प्रतिक्रिया दिनुहोस्

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    संबन्धित शिर्षकहरु
    सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
    जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १.
      रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
    • २.
      म्यानेजमेन्टको शिक्षाशास्त्र सङ्कायमा पूर्ण छात्रवृत्ति
    • ३.
      घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग
    • ४.
      निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
    • ५.
      ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
    • १.
      जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    • २.
      सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys