• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   बुधबार, माघ ०८, २०८२  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • २ हप्ता अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • २ हप्ता अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • १ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

विद्यालयका नृत्य प्रशिक्षकसँग अन्तरक्रिया
  • १ महिना अगाडि

विद्यार्थीलाई विद्यालय पोशाक वितरण
  • २ महिना अगाडि

आफ्नो तलबले विद्यार्थीलाई पाेसाक
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सोलिड्यारिटीले चुम्यो अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी
  • २ महिना अगाडि

युनाइटेड अंग्रेजी विद्यालयमा पठन अभ्यास, उत्कृष्ट ७ विद्यार्थी पुरस्कृत
  • २ महिना अगाडि

जाडोमा विद्यार्थीलाई न्यानो कपडा
  • २ महिना अगाडि

एउटा राम्रो स्कूलको खोजी

  • नरेन्द्रकुमार नगरकोटी मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
  • प्रिय जोन,
    तिमीले लेखेको किताबको नाम सुनेरै मेरो दिमागको तार हल्लेको थियो । ‘असफल स्कूल’, तिम्रो किताबको नाम । किताब नेपाली भाषामा प्रकाशन भएपछिको सन्दर्भ हो यो । सिकाइ समुहका सुदर्शन घिमिरेले जानकारी दिनुहुँदा नै म सोच्थें, यो कस्तो किताब होला ! ठान्थें, गजबको किताब होला । आखिर किताबले हल्लाइदियो नै । हल्लिएको मनले सोचेर केही शब्द लेख्दैछु ।

    नेपाली भाषामा लेखिएका शिक्षा सम्बन्धी पुस्तक पढ्छु । सहजै उपलब्ध भएका हिन्दी, अङ्ग्रेजी भाषाका पुस्तक पनि पढ्ने प्रयास गरिरहेको हुन्छु । मैले काम गर्ने स्कूलहरुमा पनि म यस खाले पुस्तक पढ्न सिफारिस गर्छु । मेरा सहकर्मी शिक्षाकर्मीलाई पनि पढ्न सुझाउँछु । बालबालिकाको क्षेत्रमा काम गर्ने अभियन्ताहरुलाई पनि पढ्नू भनिरहेको हुन्छु । कोही भने पढ्छु भनेर पनि नपढ्ने पाउँछु । नपढे वा सिक्न छोडे बूढो भइने कुरा नै बिर्सनेलाई म केही पनि भन्दिनँ । मनमनै प्रार्थना गर्छु, पढे हुने नि । सबै कुरा जान्दछु भन्ने भ्रममा परेकालाई त झन् के भन्नु र !

    आफुलाई शैक्षिक अभियन्ता वा शिक्षाकर्मी हुँ भनेर जिकिर गर्ने जो कोहीलाई एउटा प्रश्न सोध्ने गरेको छु । गिजुभाइको दिवास्वप्न र हामी आमाबाबु, तेच्चुको कुरियोनागीको तोत्तोचान, चिनगिज आइतमातोभको प्रथम गुरुजस्ता पुस्तक पढेको छ कि छैन ? पढेको छुु भन्ने जवाफ सुन्न पाउँदा म पूलकित हुन्छु । कत्तिलाई त पुस्तक खरीद गरेरै उपहार दिने गरेको छु । यस्तैमा तिम्रो पुस्तक प्रकाशन भएपछि म डबल खुसी भएँ । तर तिम्रो पुस्तक बजारमा आउनेबित्तिकै पढ्न भ्याइनँ । पढ्नेबित्तिकै केही लेख्न सकिनँ । केही जरुर लेख्नेछु भन्ने मनमै साँचेर बसें । आज राम्रो स्कूल बारे तिमीले जोड गरेका कुराहरु सम्झिने कोसिस गर्दैछु र केही शब्द कोर्दैछु ।

    हाम्रोमा पनि तिमीले पुस्तकमा उल्लेख गरेजस्तै अवस्था छ । अझ त्योभन्दा कैयौं वर्ष पछाडि छौं हामी । यहाँ पनि राम्रो स्कूल कुन छ ? भनेर कसैले सोध्यो भने तर्जनी औंला कता तेस्र्याउने भन्ने कुराको समस्या उस्तै छ । बहस हुँदै छन् । छलफल जारी छ । बहसमा हस् मात्र हुने, काम नहुने । रुपान्तरण र सोचान्तरणमा सिन्को नभाँचिने । छलफलमा छल मात्र बाँकी भएर फल नफल्ने परिपाटी । राम्रो स्कूल बनाउनुपर्छ भन्नेले पनि बनाउन सकेको देखिँदैन । राम्रो स्कूल खोज्नेहरुले दिउँसै टर्च बाल्नुपर्ने अवस्था छ ।

    किताबमा स्कूलहरु असफल हुँदै गएकोतर्फ इंगित गरेको पक्ष जायज छ । भयानक सत्य पनि हो वर्तमानको । राम्रो स्कूल कस्तो स्कूल हो त ? यो प्रश्नको उत्तर पनि छायाँमै छ । यो प्रश्नको उत्तर नजानेर, नबुझेर र उल्टो बुझेर हामी अल्झिएका छौं । स्कूलको परम्परागत मान्यता हाम्रो मनबाट हट्न सकेको छैन ।

    भवन ठूलाठूला भएको स्कूल राम्रो हो । खेल मैदान भएको स्कूल राम्रो हुन्छ । स्कूल बस भएको पो राम्रो त । कम्प्युटर ल्याब भएको स्कूल राम्रो नि । नृत्य, सङ्गीत, कला सिकाउने स्कूल बडो राम्रो हुन्छ त । तालिमप्राप्त शिक्षक भए पो स्कूल राम्रो हुन्छ । यस्तैयस्तै कुराहरु हामी सुन्छौं । अझ अन्यान्य कुरा पनि सुन्छौं । कडा अनुशासन भएको राम्रो हो । कुटेरै पनि तह लगाउने स्कूल भए झनै राम्रो हुन्थ्यो । यसरी सतहका एक दुइ कुरामा अल्झेका छौं हामी । हरेक दिन कक्षा हुने, पिरियड खाली नहुने, दिनहुँ कापी जाँच गर्ने र पढेको कुरा विद्यार्थीलाई सोध्ने भएमा राम्रो मान्ने पनि पाइन्छ।

    स्कूल भनेको भौतिक कुरा हुन् भन्ने छाप टाउकोमा छ । बालबालिका एउटा फ्रेममा सिक्न आउने हुन् । निश्चित किताबी कोर्स पूरा गर्ने गराउने नियमित प्रक्रिया नै स्कूलको कार्यक्रम हो भन्ने छ ।

    तिम्रो किताब पढेपछि त म रोकिएँ । अडिएँ । प्रश्नहरु रोकिएनन् । सोच्न थालेँ । कस्तो हो त राम्रो स्कूल ? कस्तो हो त रमाइलो स्कूल ? कस्तो स्कूल बनाइरहेका छौं त हामी ? कस्तो बनाउन पर्ने हो स्कूल ? कस्तो हुनुपर्ने हो राम्रो स्कूल ? के हामी सक्दैनौं र स्कूललाई राम्रो बनाउँन, रमाइलो बनाउँन ?
    तिमीले लेखेको किताब पढेर खाएको ‘पन्च’ र ‘किक’को स्वाद बारे अरु केही लेखौंला । अहिले भने तिमीले उल्लेख गरेको एउटा राम्रो स्कूलको सम्झना गर्न चाहन्छु । त्यसो त राम्रो स्कूलको कुरा गर्दा मेरो मनमा टेगोरको स्कूलको याद आउँछ । गिजुभाइको स्कूलको सम्झना आउँछ । तोत्तोचान पढेको तोमोए स्कूल मानसपटलमा ताजा भएर झल्किन्छ । नेपालमा भएका केही स्कूलहरुको यादमा टहलिन्छु । तिम्रो किताब पढिसकेपछि म पुनर्विचारको राजमार्गमा गाडी कुदाउँदै स्कूल खोजिहिँडेको छु । राम्रो स्कूलको खोजीमा । त्यो स्कूल राम्रो स्कूल हो जुन खासमा स्कूल होइन र बालबालिका आउन् भन्नका खातिर मात्र त्यसको नाउँ स्कूल राख्नुपरेको होस् । तिम्रो किताबमा यस्तै भाव अक्षरमा पढ्न पाइन्छ । हो, यस्तै स्कूलको सपना यो मनुवाको मनमस्तिष्कमा उब्जेको हो । यसर्थ पनि म जहाँ जान्छु, जुन स्कूलमा पुग्छु, त्यहाँको सिकाइ संस्कृति बारे चासो दिएर जिज्ञासा पोखिहाल्छु । यसक्रममा स्कूल राम्रो छ कि छैन भन्ने यकिन गर्न लामो समय लाग्दैन किनकि स्कूलहरुले नियमित रुपमा पाठ्यपुस्तक पढ्ने पढाउने कर्ममै दिन कटाइरहेका छन् ।
    तिमीले उल्लेख गरेको राम्रो स्कूलको सन्दर्भमा केही कुरा जरुर मननीय छन् ।

    शिक्षक र वयस्कसँग कुरा गर्न केटाकेटी निर्भय, स्वतन्त्र र इमानदार हुन्छन् । पढ्ने पढाउने काम हुँदैन । केटाकेटीलाई के ठिक लाग्छ सोही काम गर्छन्। शिक्षकले मद्दत पु¥याउँछन् । केटाकेटीलाई पढाइको कुनै दबाब छैन । जीवन्त, रोचक, रमाइलो, सुरक्षित, विश्वासी, सहयोगी र मानवीय समुदाय निर्माण गर्न वयस्कहरु केटाकेटीसँग काम गर्छन् । विषय, कक्षा, घण्टी, पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा, ग्रेड, अंक, रिपोर्ट कार्ड केही छैन । सबैजना आआफ्नो गतिअनुसार सिक्छन् । अरुलाई देखाउनका लागि केही पनि गराइदैन । जे गर्छन् स्वयम् गर्छन् र केटाकेटीले आफैं सिक्छन् । कुनै पनि दुइ केटाकेटी एउटै काम गर्दैनन् । उस्तै काम अर्को दिन गर्दैनन् । भर्नाका लागि कुनै प्रवेश परीक्षा लिइँदैन । गृहकार्यको बोझले कोही पनि थिचिँदैन । कुनै पनि पुरस्कार वा दण्डका कारण काम गर्ने भन्ने हुँदैन । सबै काम स्वतः हुन्छन् । काम गर्न आवश्यक प्रशस्त सामानहरु शिक्षकले जुटाइदिन्छन् । स्कूलको योजना निर्माण गर्न र पैसा खर्च कसरी गर्ने भन्ने सवालमा केटाकेटीको प्रत्यक्ष सहभागिता हुन्छ । निर्णय गर्न भोट गर्न पाउँछन् । एउटा राम्रो स्कूल कहिल्यै पूर्ण हुँदैन, यसलाई पुनः डिजाइन गर्न र पुनः निर्माण गर्न केटाकेटीले अवसर पाउँछन् । केटाकेटीले एकाग्र भएर केही हेर्दा कसैले उसको ध्यान खल्बल्याउदैन ।

    जोन, मलाई लाग्छः यस्ता कुरालाई ठ्याक्कै फर्मुला स्टाइलमा परिपालना गर्न हुँदैन । सकिदैँन पनि । तर हामी पुग्नुपर्ने गन्तव्य त जरुर यही नै हो । दुइमत छैन ।

    यति गजब पुस्तक अनुवाद र सम्पादनका लागि शरच्चन्द्र वस्तीलाई आभार । प्रकाशनका लागि सिकाइ समुहलाई धन्यवाद । जोन हल्ट, तिमीलाई त नौ मुरीभन्दा धेरै नै सद्भावका शब्दथुँगा अर्पन्छु ।

    प्रिय हल्ट,
    तिमीले ‘हल्ट’ भनेका कुरा साँच्चै रोकिउन् भनेर म कामना गरिरहेछु ।

    मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरेक विद्यालय बालमैत्री विद्यालय
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा

    • हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने

    • कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया

    • विद्यालयका नृत्य प्रशिक्षकसँग अन्तरक्रिया

    • विद्यार्थीलाई विद्यालय पोशाक वितरण

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys