हेटौंँडा, लायन्स क्लब अफ हेटौंँडा नारायणी मलले मनहरी गाउपालिका – १ चकरीमा रहेको श्री प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।
कक्षा १ देखि ५ सम्म अध्ययनरत ९२ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको लायन्स क्लव अफ हेटौंँडा नारायणी मलका सचिव तथा कार्यक्रम संयोजक जीवन छत्कुलीले जानकारी दिए । लायन्स क्लब अफ हेटौंडा नारायणी मलमा आबद्ध रहेका व्यक्तिहरुको सहयोगमा शुक्रबार विद्यालयमा पुगेर करिव २४ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री विद्यार्थीलाई हस्तान्तरण गरेका हुन् ।
लायन्स क्लब अफ हेटौंँडा नारायणी मलका अध्यक्ष अशिस सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर लौटालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गान्धिरा चौलागाई, लायन्स क्लवका सल्लाहकार प्रल्हाद मिश्र, पूर्वअध्यक्ष अञ्जन दाहाललगायतको आतिथ्यता रहेको थियो ।



