आधारभूत तह (कक्षा ८) को परीक्षामा हेटौंडा ४ नम्वर वडामा रहेका सामूदायिक तथा संस्थागत विद्यालयबाट विषयगत उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी, विषयगत शिक्षक र उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीका अभिभावकलाई सम्मान गरेको हो । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडाका संयोजक श्रीराम दहालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंँडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
सम्मानित हुनेमा नेपाली विषयमा आधुनिक राष्ट्रिय माविकी ममता कुमारी चौहान, अङ्ग्रेजी विषयमा नवोदय शिशु सदन विद्यालयकी लिजा विष्ट, ब्रम्हदिक एकेडेमी विद्यालयका दिव्यान्स शाही र कृष्मा लौडारी, भुटनदेवी माविका सुनैना घिमिरे, विश्वास राई र सन्देशकुमार यादव रहेका छन् । यसैगरी गणित विषयमा ब्रम्हदिक एकेडेमीका कृष्मा लौडारी र नवोदय शिशु सदनका प्रजन्य कुशवाह रहेका छन् । सामाजिक अध्ययनमा ब्रम्हदिक एकेडेमीका आभाष घिमिरे र दिव्यांस शाही, स्वास्थ्य तथा शारिरीक शिक्षामा ब्रम्हदिक एकेडेमीका आभाष घिमिरे, कृष्मा लौडारी, दिव्यांस शाही, श्रीया घोष, विगित थापा मगर रहेका छन् भने विज्ञान विषयमा ब्रम्हदिक एकेडेमीका कृष्मा लौडारी रहेका छन् । यसैगरी जीपीए ४ अङ्क हासिल गर्नेमा भुटनदेवी माविका अमनकुमार साह बानियाँ, शुभमप्रसाद जैयसवाल, नवोदय शिशु सदनका लिजा विष्ट र प्रजन्य कुशवाह, ब्रम्हदिक एकेडेमीका प्रियान्सु पोखरेल, कृष्मा लौडारी, आभाष घिमिरे, श्रीया घोष र सुवोध कुमार आचार्यलाई सम्मान गरेका छन् । उनीहरुलाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
यसैगरी नेपाली विषयमा आधुनिक राष्ट्रिय माविकी बिना बिडारी, अङ्ग्रेजी विषयमा ब्रम्हदिक एकेडेमीका मिना घले, भुटनदेवी माविका मुकेश कुमार मिश्र र नवोदय शिशु सदन विद्यालयकी सुस्माया लामा, गणित विषयमा ब्रम्हदिक एकेडेमीका सुजिता बोम्जन, नवोदय शिशु सदनका आजीवन राई, विज्ञान विषयमा ब्रम्हदिक एकेडेमीका स्वस्तिका विडारी, सामाजिक विषयमा ब्रम्हदिक एकेडेमीका सविता सापकोटा र स्वास्थ्य तथा शारिरीक विषयमा ब्रम्हदिक एकेडेमीका मुना लामालाई उत्कृष्ट विषय शिक्षक सम्मान प्रदान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेकी हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले शैक्षिक कल्चरल हल बनाउनको लागि वडासँग समन्वय गरीरहेको बताएकी छिन् ।
मकवानपुर लागुऔषधको ट्रान्जिट प्वाइन्ट भएकाले गर्दा लागूऔषध न्यूनीकरणका लागि सबैले भूमिका खेलिदिन उनले आग्रह गरेकी छिन् । कार्यक्रममा हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलले अब भाषण होइन नतिजामूखी काममा ध्यान दिनुपर्ने बताए । ‘हेटौंडा उपमहानगरपालिकाले अन्य क्षेत्रमा भन्दा शिक्षा क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्छ ।’ उनले भने –‘शिक्षा क्षेत्रमा बजेट विनियोजितसँगै कार्यान्वयनमा पनि जोड दिनु पर्छ ।’
नयाँ शैक्षिक सत्रका लागि हेटौंँडामा रहेका सामुदायिक विद्यालयमा चाहिने भन्दा बढी मात्रामा विद्यार्थीले प्रवेश परीक्षामा सम्मिलित भएकाले गर्दा उक्त विद्यार्थीलाई हेटौंँडाकै विद्यालयमा पढाउनको निम्ति विद्यालयको भौतिक पूर्वाधार निर्माणतर्फ हेटौंडा उपमहानगरपालिकाले ध्यान दिनुपर्ने उनले बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वडाले नयाँ शैक्षिक सत्रलाई मध्यनजर गरी शिक्षक लक्षित विभिन्न तालिमहरु सञ्चालन गरेको उनले बताए । बैशाखको अन्तिम सातातिर हेटौंडा ४ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयको सुमधुर सम्बन्ध कायम गर्नका निम्ति विद्यालयको अनुगमन गरिने उनले बताए ।

यसैगरी हेटौंँडा ११ नम्वर वडाध्यक्ष जुना दाहालले शिक्षालाई मुख्य विकासको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन् । हेटौंडा १० का वडाध्यक्ष फुर्वादोर्जे लामाले स्थानीय तह शिक्षा, स्वास्थ्य क्षेत्रमा अगाडि बढ्नुपर्ने बताएका थिए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले कुनै पनि काम सञ्चालन गर्दा मनोबल उच्च बनाएर अगाडि बढेमा उक्त कार्यले सफलता मिल्ने बताएका थिए । कार्यक्रममा हेटौंँडा ५ का वडाध्यक्ष सुशील घिमिरे, हेटौंँडा क्याम्पसका प्रिन्सिपल देवीराम लामालगायतको आतिथ्यता रहेको थियो ।



