हेटौँडाः शैक्षिक सत्र २०८१ को पठनपाठन कार्य सुरु भएको छ । हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालय र लिटिल बडी प्रि स्कूलले पठनपाठन सुरु गरेको हो । नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न हेटौँडा उपमहानगरपालिकाले विद्यालयलाई सूचित गरिसकेको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले बैशाख ९ गतेदेखि पठनपाठन सुरु गर्न भनेको छ ।

अनुकुल हुने विद्यालयले बैशाख ९ गतेभन्दा अगाडि नै पठनपाठन सञ्चालन गर्न सक्ने शिक्षा विकास महाशाखाका प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभएको छ । विद्यालयको पठनपाठन एकसाथ सुरु गर्न उपमहानगरले विद्यालयहरुलाई जानकारी गराएको उहाँको भनाइ छ । हेटौँडाका निजी विद्यालयले ढिलो गरी नतिजा सार्वजनिक गरेका कारण पठनपाठनमा ढिलाई हुने देखिएको छ । सामुदायिक विद्यालयले चैत महिनामै नतीजा सार्वजनिक गरिसक्दा निजी विद्यालयले बुधबारसम्म नतिजा प्रकाशनको कार्य गरिरहेको थियो । निजी विद्यालयहरुले नयाँ शैक्षिक सत्रका लागि कक्षाकोठाको मर्मत, रंगरोगन, सरसफाईलाई ध्यान दिएका छन् । 
त्यस्तै नवोदय शिशु सदन स्कुलले भने बैशाख ६ गते बिहीबारबाट बैशाख ११ गतेसम्म शिक्षकहरुका लागि पुनर्ताजगी तालिम दिएर मात्र बैशाख १३ गतेदेखि विद्यालय खोल्ने विद्यालयका प्रधानाध्यापक मनोज थिङले जानकारी दिनुभयो । नगरभित्रका अन्य विद्यालय भने बैशाख ९ गते आइतबारदेखि खुल्ने जानकारी आएको छ ।
नयाँ शैक्षिक सत्रको विद्यालय धमाधम खुल्दै
नयाँ शैक्षिक सत्रको विद्यालय धमाधम खुल्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



