• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   बुधबार, बैशाख ०९, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • १ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • २ हप्ता अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • ४ महिना अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • ४ महिना अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • ४ महिना अगाडि

भर्नाकै दिन किताब पाएपछि विद्यार्थी दङ्ग

  • आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • स्रोत : गोरखापत्र
    शेरबहादुर सार्की

    बाजुरा, वैशाख २ गते । विद्यालय सञ्चालन भएको छ महिनासम्म पनि किताब नपाउँने बाजुराका विद्यार्थीहरुले यो वर्ष भने भर्नाकै दिनमा किताब पाएका छन् ।

    शैक्षिक सत्र २०८१ को अगावै बिक्रेताले किताब ल्याएर समयमै विद्यालयलाई वितरण गर्दै आएपछि यो वर्ष बाजुराका विद्यार्थीहरुले भर्नाकै दिन किताब पाएका हुन् ।

    विद्यालय भर्ना भएको लामो समयसम्म किताबको पर्खाइमा बस्दै गरेका यहाँका विद्यार्थीले यतिबेला नयाँ भर्नाकै दिन हातमा किताब पाएपछि दङ्ग परेका छन् ।

    विद्यालय भर्ना भएको पाँच छ महिना हुँदासम्म पनि केही किताब नपाउँदा पढ्न समस्या हुन्थ्यो । यो वर्ष भने भर्नाकै दिनमा शिक्षकले सबै किताब हातमा थमाइदिएपछि निकै खुसी भएको बुढीगङ्गा नगरपालिका –२ स्थित वसन्त आविका छात्र चन्द्रा विकले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “योभन्दा पहिला समयमै विद्यालय भर्ना भए पनि किताब चै ढिला पाउँथ्यौं । यती बेला भर्नाकै दिनमा हातमा किताब पाएपछि अब भने पढ्न सहज हुन्छ ।”

    विगत केही वर्षमा किताब नपाएर विद्यालयले लिने गरेको पहिलो परीक्षा दिएका थियौं । गत वर्षदेखि समयमै किताब पाउँन थालेपछि अहिले त्यो समस्या हटेको विकले बताउनुयो ।

    बाजुरामा विद्यालयले यो वर्ष २०८१ वैशाख दुईदेखि १५ गतेसम्म विद्यालय भर्ना अभियान सुरु गरेका छन् । शैक्षिक सत्र २०८० सालको वार्षिक परीक्षाफल समेत चैत भित्रै प्रकाशित गरेसँगै विद्यालयले नयाँ शैक्षिक सत्र २०८१ को पनि वैशाख २ गते बाट भर्ना सुरु गरेका हुन् ।

    केही वर्ष पहिला नयाँ वर्षको भर्ना गरेको छ महिनासम्म पनि विद्यालयले अधिकांश विषयका किताब पाउँदा शिक्षकले गुगलबाट सर्च गरेर पढाउने गरेको बुढीगङ्गा नगरपालिका २ वसन्त आविका प्रधानाध्यापक बहादुर थापाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यो वर्ष भने बिक्रेताले हामीलाई समयमै किताब उपलब्ध गराइदिएपछि भर्नाको पहिलो दिनमै विद्यार्थीको हातमा किताब थमाइदिएका छौं ।”

    प्रायः किताब नपाउने पाए पनि केही किताब नपाउने गरेकोले विद्यार्थीलाई पठनपाठन गराउन समस्या हुँदै आएको थियो । यो वर्षबाट भने त्यो समस्या हटेको थापाले बताउनुभयो ।

    जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले चैत १३ गतेबाट नै बाजुरा जिल्लालाई पहिलो चरणमा किताब बिक्रीवितरण सुरु गरेसँगै यहाँका स्थानीय पुस्तक विक्रेताले पाठ्यपुस्तक बाजुरा पुर्‍याइसकेका थिए ।

    बाजुराका विद्यालयले विगतका केही वर्ष समयमै किताब नपाउँदा शिक्षकले बालबालिकालाई पढाउन निकै समस्या र सास्ती भोग्नुपरेको थियो । यो वर्ष भने बाजुराका सबै विद्यालयले भर्ना अगावै किताब पाएका छन् ।

    विगतका केही वर्षमा जनक शिक्षाले नै किताब छपाइमा ढिलाइ गरेका कारण बाजुरामा समयमै किताब उपलब्ध गराउन नसकिएको यहाँका पुस्तक विक्रेताले बताएका छन् ।

    यो वर्ष जनक शिक्षाले समयमै किताब उपलब्ध गराएपछि विद्यालयलाई सबै विषयका किताब वितरण गरिसकेको बुढीगङ्गा नगरपालिका ६ बाम्कामा रहेको प्रवीण एन्ड ललित स्टेसनरी पुस्तक विक्रेता टेकबहादुर थापाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अहिले त्रिवेणी, बुढीगङ्गा र खप्तड छेडेदह गाउँपालिकालगायतका विद्यालयमा झण्डै ९० प्रतिशत किताब गइसकेको छ ।

    गत वर्ष केही किताब नपाएर पटक पटक प्रादेशिक कार्यालय धनगढीमा कितावका लागि धाउनुपरेको थियो । यो वर्ष भने सबै विषयका किताब समयमै पाएकोले त्यो समस्या हटेको थापाले बताउनुभयो ।

    जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेका गुर्दम विद्यालयमा किताब ढिलो पुग्ने गरेको गर्दथ्यो । अहिले ती विद्यालयमा पनि किताब चाँडो पुगेको छ ।

    यो वर्ष बाजुराले समयकै किताब पाउनु तथा सबै स्थानीय तह सडक सञ्जालको पहुँच भएसँगै ती विद्यालयले भर्ना अगावै किताब पाएका हुन् ।

    हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढीनन्दाका विद्यालयका लागि कोल्टी, गौमूल, बडीमालिकाका लागि मार्तडी, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका विद्यालयलाई बाम्का, बेतालमाण्डौ र डुँगुरसैनदेखि पुस्तक विक्रेताले किताब वितरण गर्दै आएका छन् ।

    बाजुराका नौ वटै पालिकामा झण्डै २३७ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । यतिबेला ती सै विद्यालयले भर्नाकै दिनदेखि विद्यार्थीलाई किताब वितरण गर्दै आएका छन् ।

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड

    • शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण

    • शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका

    • गणित हाजिरीजवाफ प्रतियोगिता हुने

    • प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys