• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, बैशाख ०५, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ५ दिन अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • २ हप्ता अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • ३ महिना अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • ३ महिना अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • ४ महिना अगाडि

अभिभावकविहीन बालबालिकाको कारुणिक कथा

  • आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • स्रोत : नागरिक

    पर्वतको जलजला गाउँपालिका–२ गौराटोलकी ईशा पाख्रिनकी आमा सपनाले सुटुक्क दोस्रो विवाह गरिन् । राति सँगै एउटै बिस्तारामा सुतेकी आमाले छोडेर गएको तीन वर्ष बितिसक्यो । आमाको काखमा गुटमुटिने ईशा जन्मदिने बुबालाई समेत चिन्दिनन् । ज्याला मजदुरीका लागि पूर्वी नेपालबाट आएका बुबाले आमालाई छोड्दा उनी १ वर्षकी थिइन् । काम खोज्न जान्छु भन्दै पति बेपत्ता भएपछि सपनाले समेत चटक्कै छाडेर गएपछि उनी अलपत्र परिन् । आफन्तको घरमा आलोपालो बस्दै आएकी ईशाको मार्मिक कथाले सबैका आँखा रसाउँछन् ।

    एकाबिहानै उठ्ने, नियमित घरायसी काम गर्ने, खाना पकाउने, सानोबुबाका छोराछोरीलाई सघाउने र फुर्सदको समयमा पढ्ने गरेकी ईशा विद्यालयमा मेहनती, लगनशील र इमानदार विद्यार्थीको रूपमा चिनिन्छन् । अझै पनि ईशाको आँखामा आँसु टिलपिल–टिलपिल गरिरहन्छ । जन्मदिने आमाबुबाले छाडेर गएका र सानोबुबा कमल बोहोराले आश्रय दिएपछि घरनजिकै रहेको समाज कल्याण आधारभूत विद्यालयको कक्षा ५ मा पढ्छिन् उनी ।

    विद्यालयभित्र रहेका करिब १ सय विद्यार्थीमा उनको उपस्थिति फरक छ । नियमित विद्यालय आउने, थकित अवस्थामा पनि पढाइमा सक्रियता देखाउने र साथीसँग हँसिलो अनुहारमा घुलमिल हुने गरेकी ईशा साथीहरूले आमाबुबाको कुरा गर्दा भक्कानिन्छिन् । उमेरले ११ वर्ष टेकेकी ईशाले बल्ल आफू अभिभावकविहीन भएको महसुस गर्न थालेकी छिन् । एउटै घरमा बस्ने भाइबहिनी निजी विद्यालयमा जाँदा उनको मन चसक्क दुख्छ ।

    सामुदायिक र निजी विद्यालयको शिक्षाभन्दा पनि आमाबुबा नभएकैले सरकारी विद्यालयमा आएको भन्ने महसुस गर्न थालेकी ईशाले विद्यालयभित्रको मायाले अभिभावक बिर्सिने प्रयास गर्छिन् । विद्यालयमा हुने कार्यक्रममा साथीहरू आमाबुबासँगै आउँदा उनको अनुहारमा कालो बादल मडारिएजस्तै हुन्छ । हरेक दिन अभिभावक विद्यालयमा खाजा पुर्‍याउन आउने गरेको अवस्थामा अभिभावकले पनि उनलाई माया गर्छन् ।

    आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा उनको आँखामा टिलपिल आँसु भरिएको थियो । आमाबुबाबारे बुझ्न खोज्दा सबैभन्दा पहिलो उनको आँसु झर्छ, लामो समयसम्म रुँदा उनलाई सम्हाल्ने साथी पनि भावुक हुन्छन् । अभिभावकविहीन भएकालाई स्थानीय युवा नवीन जिसीले आफ्नो जन्मदिनको अवसरमा सहयोगको घोषणा गर्दा आँखामा टिलपिल आँसु भएपनि ईशा हाँस्दा आँसु पनि हाँसेरै टल्कियो। ‘ईशा विद्यालयकै नमुना विद्यार्थी हुन्, आमाबुबाले छाडेर गएपछि बिचल्लीमा परेकी छन्,’ प्रअ डम्बरबहादुर घर्ती क्षत्रीले भने । उनले भविष्यमा शिक्षक बन्ने भन्दै कक्षामा समेत अगाडि गएर पढाउने, शिक्षकलाई सघाउने गरेको समेत प्रअ क्षत्रीको भनाइ छ । उनको जन्मदिन शिक्षकले मनाइदिने गरेका छन् । शिक्षकको सहयोगले केही राहत पुगेपनि क्षमताअनुसार पढाइका लागि उचित वातावरण नभएकाले सहयोगी हातको खोजीमा रहेको प्रअ क्षत्रीले बताए । आमाले छोडेपछि बिचल्ली अवस्थामा उद्वार गरिएकी ईशा कक्षा २ मा भर्ना भएकी थिइन् । हाल उनी कक्षामा उत्कृष्ट ५ विद्यार्थीमा पर्ने विद्यालयले जनाएको छ ।

    शिक्षादीक्षामा समस्या :

    पर्वतको जलजला गाउँपालिका–२ गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरिन् । आमाले दोस्रो विवाह गरेपछि घरमा बुबाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् । नौ महिना कोखमा बास गराएर संसार देखाउने आमाले नै साथ छोडेपछि उनले बुबाको पनि माया पाउन सकिनन् ।

    अहिले मामाघरमा बसेर विद्यालय जाने गरेकी छन् । आशा जस्तै सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत आस्था परियारको समस्या पनि उस्तै छ । आमाबुबाले दोस्रो विवाह गर्दा उनी पनि अर्की मामाको निशानामा परिन् र घर छाडेर आफन्तकोमा बस्न बाध्य भइन् । जलजला–२ रातढुंगाका विवश परियार कक्षा ४ मा अध्ययनरत छन् । विवशका बुबाको मानसिक सन्तुलन गुमेपछि आमाले दोस्रो विवाह गरिन् । बेनी नगरपालिका–५ पुलाचौरकी शनिशा परियारका बुवा सिकिस्त बिरामी छन् । बुबा लगातार बिरामी हुन थालेपछि आमाले दिनुपर्ने साथ र सहयोगको विकल्पमा उनले पनि दोस्रो विवाह रोजिन् । अहिले घरमा बुवा बिरामी छन् । खानेबस्ने र पढ्ने वातावरण नभएपछि उनी ठूली आमाको घरमा बसेर विद्यालय जाने गरेकी छन् । अभिभावकविहीन ५ बालबालिकाको बिजोक रहेको बताए । ‘उनीहरूलाई पढ्न वर्षभरि आवश्यक पर्ने सामग्रीकै अभाव छ, सबै आफन्तको घरमा बसेका छन्, आफन्तको आर्थिक अवस्था पनि निकै नाजुक छ,’ वडाध्यक्ष गोविन्द खत्रीले भने ।

    सानै उमेरमा अभिभावक गुमाएका बालबालिकालाई नियमित विद्यालय आउन समस्या हुने गरेको बताए। दलित बस्तीका बालबालिकाको अवस्था नाजुक भएकाले विभिन्न माध्यमबाट सहयोग गरेको बताए । अत्यन्त गरिब परिवारका बालबालिकालाई अभिभावकले छोडेर गएपछि शिक्षादीक्षामा ठूलो संकट परेको छ। शैक्षिक सामग्रीदेखि ओढ्ने–ओच्छ्याउने लुगा, अँगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा भोकभोकै आउन बाध्य विद्यार्थीलाई सहयोग जुटाउने अभियान सुरु भएको स्थानीय युवा नवीन जिसी र रविन जिसीले बताए ।

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड

    • शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण

    • शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका

    • गणित हाजिरीजवाफ प्रतियोगिता हुने

    • प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys