• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   बुधबार, बैशाख ०९, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • १ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • २ हप्ता अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • ४ महिना अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • ४ महिना अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • ४ महिना अगाडि

प्रारम्भिक बालविकासमा बालकथाको भूमिका

  • आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • उमा घिमिरे र डा. दिपु शाक्य, युनिसेफ नेपाल
    बालकथाले बालबालिकाको सर्वाङ्गीण विकास, विशेषतः बौद्धिक क्षमताहरू, परिकल्पना, संवेगहरूको प्रष्फुटन, नियन्त्रण र संन्तुलनमा कसरी सहयोग पुर्‍याउँछ ?

    बालबालिकालाई अत्यन्त मनपर्ने क्रियाकलापहरू मध्ये बालकथा पनि एक हो । बालबालिका विशेषतः २ वर्ष देखि ७-८ वर्षसम्म कथा सुनेर र भनेर कहिल्यै थाक्दैनन् । बालबालिकालाई कथा भन्ने प्रचलन समाजको विकास क्रमसँगै चलिआएको हो । ईतिहासका योद्धाहरूका बहादुरीका कथादेखि धार्मिक नैतिक घटनाहरू साथसाथै आफ्ना पुस्ताको घटनाहरूको बयान पनि कथा हो भने बालबालिकाको आवश्यक्ता बुझेर सो अनुसारको कथा रचना गरेर वा काल्पनिक घटनाहरू जोडेर पनि कथा तयार गर्न र प्रस्तुत गर्न सकिन्छ । बालबालिकाले कथामा भएका असल पात्रलाई आफू नै हो भन्ने कल्पना गर्दै, समस्या समाधानका सिप र नैतिक सिपद्वारा आफ्नो दृढ आत्मविश्वास तयार गर्दछन् । विशेषगरी सुत्नु अगाडि बालबालिकालाई कथा सुनाउने दैनिकी निर्माण गर्नाले, बालबालिकाको तनाव तथा चिन्ता कम हुने, राम्रो निद्रा लाग्ने जस्ता विभिन्न फाईदाहरू छन् । विभिन्न अनुसन्धानहरूले बालकथाले बालबालिकाको सर्वाङ्गीण विकास, विशेषतः बौद्धिक क्षमताहरू, परिकल्पना, संवेगहरूको प्रष्फुटन, नियन्त्रण र संन्तुलन गर्दछ भन्ने प्रमाणित गरे अनुसार बालकथाको महत्व दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ ।

    बाल कथाको महत्वलाई निम्नानुसार थप छलफल गर्न सकिन्छ ।

    बाल कथा अभिभावक तथा स्याहारकर्ताले विभिन्न तरिकाले बालबालिकालाई पढेर सुनाउन सकिन्छ । केही विधिहरू यहाँ प्रस्तुत गरिएका छन् :

    भाषा विकासमा कथाः बालबालिकाले कथाबाट प्रशस्त भाषा विकास गर्ने अवसर पाउँछन् जस्तैः ध्यान दिएर सुन्ने, नयाँ शब्द सिक्ने, प्रश्न गर्ने, छलफल गर्ने र आफ्नो विचार राख्ने बानीको विकास हुन्छ । बालबालिकाले कथा सुनेर फेरी यसमा थप गरी अरुलाई भन्न पनि सक्षम हुन्छन् जसले उनीहरूमा पनि वाक्यहरू छनौट गर्ने, पूरा गर्ने, जस्ता गहन भाषा विकासको क्षमता विकास हुन्छ ।

    बौद्धिक विकासमा कथाः
    कथा सुन्दा बालबालिका लामो समयसम्म ध्यान दिएर सुन्न सक्छन् । यसले एकाग्रता बढ्ने र कथामा भएका घटना दुर्घटनामा आफू समावेश भएको कल्पना गरी समाधानको रणनीति तयार गर्छन् । एउटा घटना पछि के होला ? भन्ने कौतुहलता जगाँउछ । कथामा भएका परिवेशहरू कल्पना गर्ने कथाका घटनाहरू आफैंलाई परेको जस्तो कल्पना गर्दै समाधानका उपायहरू खोजी गर्ने क्षमता अभिवृद्धि गर्दछन्, र यस्ता कल्पनाले भविश्यमा आईपर्ने समस्याको अन्दाज गर्ने र सजिलै समाधान गर्ने सिप विकास हुन्छ ।

    संवेगात्मक विकासमा कथाः
    बालबालिका कथा सुनेर रमाइलो मान्ने, कथामा भएका दुःखद तथा सुखद घटनाहरू अनुरुप संवेगको प्रदर्शन गर्ने र भविष्यमा यस्ता घटनाहरू आफूलाई परेमा सहन गर्ने क्षमता अभिवृद्धि गर्दछन् । जस्तैः बालबालिकालाई मृत्युको तथ्य कथाले नै सिकाउँछ । कथाले दबिएर रहेको डर हट्ने तथा अन्तरनिहित शक्ति अभिबृद्धि हुन्छ यसैगरी घटनाहरूबाट स्व–पहिचान र आत्मविश्वास पनि बृद्धि हुन्छ ।

    सामाजिक सिप विकासमा कथाः
    कथामा भएका घटनाहरूबाट बालबालिकाले असल र खराब छुट्याउन सिक्दछन् । सामाजिक मूल्यमान्यता आदर सत्कार धर्म संस्कृति सिक्दछन् । विगतका सामाजिक परिवेश, भेदभाव जस्ता सामाजिक कुरीतिलाई बुझेर हालको परिवेशमा सामान्यीकरण गर्ने मूल्याकंन गर्ने, सुधारका लागि विचार राख्ने, पहल गर्ने जस्ता सामाजिक परिवर्तनका लागि पहल पनि गर्छन् ।

    विषयगत सिकाइमा कथाः
    कथामा भएका जोडघटाउ, गणितीय समस्याहरूबाट, मौखिक कथाहरू भित्रका शब्दहरू खोज गर्ने, कथाका घतलाग्दा वाक्यहरू लेखेर पढ्ने र उमेर अनुसार सुनेको कथालाई पुनःलेखन गरेर, पढेर तथा चित्रकथाको अध्ययनले बालबालिकाले सजिलै विद्यालय सिकाइका आधारहरू बनाउँछन् । यसरी कथाबाट बालबालिकाले विषयगत सिकाइ, गणितीय सिप, पूर्व पढाइ, पूर्व लेखाइ तथा वैज्ञानिक खोज अनुसन्धान गर्न सक्छन् ।

    व्यवहार विकासमा कथाः
    बालकथामा भएका पात्रले गरेको सकारात्मक व्यवहारले पाएका सकारात्मक उपलब्धी तथा नकारात्मक ब्यवहारबाट पाएका नराम्रा परिणामहरूलाई मूल्याकंन गरी बालबालिकाले आफ्ना व्यवहारलाई सकारात्मक तथा परिवारको अपेक्षा अनुरुप बनाउँछन् । बालकथाको सिकाइ बालबालिकाको चेतन, अवचेतन, अचेतन मनसम्म पुग्ने हुनाले व्यवहार परिवर्तन वा व्यवहार परिमार्जनमा बालकथाको महत्वपूर्ण भूमिका हुन्छ । मनपर्ने कथामा भएका नैतिक सन्देशहरू बालबालिकाले आफ्नो जीवनभरी अनुकरण गर्छन् ।

    उपचारात्मक पद्धतिमा कथाः
    बालबालिकाको अवस्था पहिचान गर्न बाल कथाको महत्व छ । यसबाट बालबालिका दूर्व्यवहारको शिकार भएको, दवाबमा परेको, धम्कीमा परेको वा अन्य खतरामा परेको थाहा पाउन सकिन्छ । यसैगरी घरपरिवारबाट पाइरहेको वातावरण, परिवारिक सम्बन्ध, यसबाट बालबालिकामा परेका प्रभावहरू पत्ता लगाई मनोवैज्ञानिक उपचारहरू गर्न सकिन्छ । रिस र डरहरूको व्यवस्थापन गर्न, कथाको माध्यमबाट अभिभावकको व्यवहार मूल्यांकन गरी अभिभावक परामर्शहरू पनि गर्न सकिन्छ ।

    पारिवारिक सम्बन्ध विकासः
    अभिभावक तथा स्याहारकर्तासँगै अध्ययन गर्ने, कथा सुन्ने सुनाउने अभ्यासले ठूलासँग सकारात्मक सम्बन्ध विकास, कुराकानी अन्तरक्रियाको अवसर साथै उनीहरूलाई संवेगात्मक सुरक्षा महसुस हुन्छ ।

    बाल कथा प्रस्तुतिका विधिहरू :

    क) चित्र कथा विधि

    अभिभावकले कथा सुनाउँदा चित्रहरु अवलोकन गर्न दिनुपर्छ । चित्र भएको भाग बालबालिकातिर फर्काएर कथा पढ्नु वा भन्नुपर्दछ । कथालाई पढेर सुनाउँदा सकेसम्म उत्साहपुर्वक र नाटकिय ढंगमा भन्नुपर्दछ ।

    ख) चित्र बनाउँदै कथा वाचन विधि

    सरल आकारका चित्रहरू बोर्ड वा कागजमा कोर्दै कथा सुनाउन सकिन्छ । बालबालिकालाई कागज र पेन्सिल दिएर अभिभावकले कथा भन्दै र बालबालिकाले बुझे अनुसारको चित्र कोर्न लगाउँदा प्रभावकारी हुन्छ ।

    ग) अभिनय विधि

    पहिले भनिसकेको कथालाई कुनै एक पात्रको जस्तो भेषभूषा प्रयोग गरी कथा भन्ने र बालबालिकालाई पनि कथामा भएका विभिन्न पात्रहरूको अभिनय गरी कथा प्रस्तुत गर्न सकिन्छ ।

    घ) कठपुतली, पपेट विधि

    अभिभावकले कठपुतली, पपेटबाट कथामा भएका पात्रहरूलाई प्रदर्शन गराई कथा प्रस्तुत गर्न सकिन्छ । कथाका पात्रअनुसारका कठपुतलीहरूले आफ्नो कुरा बोल्छन् र बालबालिकासँग कुराकानी गर्दछन् । जसले बालबालिकालाई मनोरञ्जनात्मक सिकाइ हुन्छ । कहिलेकाही पर्दा पछाडि बसेर कठपुतली पर्दा माथि चलाउनु पनि सकिन्छ ।

    ङ) नमुना (मोडल) विधि

    घरमा भएका तरकारी, फलफूलहरु प्रयोग गरी कथा प्रस्तुत गर्दा बालबालिकाले मनोरञ्जन गर्ने तथा खाना खान मन गर्ने पनि हुन्छ । यस विधिमा फलफूल तरकारीहरुलाई सजाएर जुन चाहिँ बोल्छ, त्यसैलाई चलाउँदै कथा प्रस्तुत गर्न सकिन्छ ।


    छलफल र अन्तरक्रिया

    यी सबै विधिमा महत्त्वपूर्ण कुरा छलफल र अन्तरक्रिया नै हो । बालबालिकाले कथा सुनिसकेपछि कथामा आधारित छलफल तथा अन्तरक्रिया गर्दा उनीहरूले कथाबाट बुझेका तथ्य थाहा पाउन सक्छन् । कथा सुनाउँदै जाँदा बालबालिकालाई “अब के होला?” भन्दै कथा पूरा गर्न लगाएमा उनीहरूको कल्पना शक्तिको विकास हुन्छ । कथामा छलफल गर्दा स-साना प्रश्नहरू जस्तै कथा कस्तो लाग्यो ? कथामा के के भयो ? कथामा के के भएको भए हुने थियो ? त्यो कथामा तिमी भएको भए के के हुन्थ्यो ? यस्ता छलफलबाट बालबालिकाले आफ्ना अनुभव, भावना, संवेग, जिज्ञासा मनोभावनाहरू बताउँछन् । यस्तै छलफलहरूबाट बालबालिकाले पाएका अनुभवहरू, समस्या पहिचान पनि गर्न सकिन्छ र समस्या अनुरुप व्यवहार परिमार्जन गर्न, आवश्यक परेमा विज्ञको सहयोगमा उपचारात्मक पद्धति पनि अपनाउन सकिन्छ ।

    चित्रहरूः उबहाङ नेम्वाङ

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड

    • शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण

    • शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका

    • गणित हाजिरीजवाफ प्रतियोगिता हुने

    • प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys