मनाङ । जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेका छन् ।
विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएका छन् । विशेष गरी माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई मध्यनजर गरी मनाङका विद्यालय खुल्न थालेका हुन् ।
वार्षिक परीक्षा पनि आइसकेको र पठनपाठनमा लाग्नुपर्ने भएकाले बिहान दुई घण्टा र बेलुका दुई घण्टा तालिका बनाएर विज्ञान, गणित, अङ्ग्रेजी र ऐच्छिक गणित पढाउने गरिएकाे छ । एसईईका विद्यार्थी पठनपाठनमा व्यस्त हुने र साना बालबालिका भने हिउँमा खेल्दै पढ्ने गरेको पाइन्छ ।
हिमपातले चिसो बढे पनि विद्यार्थीलाई शिक्षाबाट प्रभावित हुन नदिने गरी विद्यालयमा पठनपाठन सञ्चालन गरिएको हाे ।



