हेटौंडा । सुनगाभा शिक्षा निकेतनको २४ औँ अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । अभिभावक दिवसको अवसरमा विद्यालयले सुशिला लम्साल, मनिसा थापा, हिरा खत्री, लक्ष्मी चौलागाई गरी चारजना शिक्षकलाई सम्मान गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।
विद्यालयको प्राङ्गणमा भएको अभिभावक दिवसमा विद्यालयका अभिभावक होमनाथ गौतम, भीष्म चौलागाई, रुश्मी थपलिया र किशोर श्रेष्ठलाई सम्मान गरिएको छ । कार्यक्रममा एसईई बेष्ट शिक्षक साजन दियाली, एसईईमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी सुबिक्षा बानियाँ र स्वस्तिका दुलाल, पूर्व व्यवस्थापन समितिका अध्यक्ष हिमाल पौडेल र ध्रुव चौलागाई, विद्यालयका सवारीचालक राजकुमार चौलागाई र बद्री राई, कार्यालय सहयोगी सिता खड्का र तिलकुमारी घलानलाई पनि सम्मान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए ।




