पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि १८ आवेदन परेका छन् ।
उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले १८ जनाको नामावली सार्वजनिक गरेको हो ।
आवेदन दिनेमा ज्ञतोय नारायण पौडेल, शुभ नारायण पाठक, अनिल कुमार पोख्रेल, जीवन कुमार ढकाल, अशोक कुमार झा , गुरू प्रसाद खनाल, प्रमोद कुमार झा, बिजु कुमार थपलिया, बिनोद पराजुली, देबी प्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोईराला, संजेश प्रसाद कोईराला, राजकुमार पोख्रेल, रेशम बहादुर थापा, रमेश प्रसाद भट्टराई, रमेश राज दाहाल रहेका छन् ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले १५ दिनको समय दिएर आवेदन माग गरेको थियो । आवेदन दिने अन्तिम मिति हिजो सम्म थियो ।




