राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), ले कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन गर्ने भएको छ ।
बोर्डले परीक्षा तालिका सार्वजनिक गर्दै साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित एवम् ग्रेडवृद्धि परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।





