हेटौँडा : साहित्य सङ्गम मकवानपुरको ३६० औँ नियमित साहित्य सन्ध्याको अवसरमा डम्बर पूर्णमाया स्मृति सम्मान समर्पण र ‘काठमाण्डु प्याराडाइज’ नियात्रा सङ्ग्रह गृह विमोच तथा परिचर्चा गरिएको छ । शनिबार “डम्बर पूर्णमाया स्मृति कविता सम्मान” २०८० बाट बागलुङका कवि भूपिन र २०८१ बाट लागि काठमाडौका कवि डा.बिन्दु शर्मालाई सम्मान गरिएको हो ।
यस्तै हेटौँडा–११ निवासी नियात्राकार राजाराम बर्तौलाको ‘काठमाण्डु प्याराडाइज’ नियात्रा सङ्ग्रह गृह विमोचन गरिएको छ । साथै सम्मानका संस्थापक कवि जेनन नेपालको विशेष कविता वाचन भएको छ । कविहरुलाई २२ हजार दुई सय २२ रुपैयाँसहित सम्मान गरिएको छ । कार्यक्रममा संगमका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता तथा साहित्यकार डा. निमेश निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।