• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, फागुन ०२, २०८२  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • २ हप्ता अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ हप्ता अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • १ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • १ महिना अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • २ महिना अगाडि

विद्यालयका नृत्य प्रशिक्षकसँग अन्तरक्रिया
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

विद्यार्थीलाई विद्यालय पोशाक वितरण
  • २ महिना अगाडि

आफ्नो तलबले विद्यार्थीलाई पाेसाक
  • ३ महिना अगाडि

सोलिड्यारिटीले चुम्यो अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी
  • ३ महिना अगाडि

नतिजा मात्र जिन्दगी होइन

  • Suddhi Online आइतबार, असार १५, २०८२ मा प्रकाशित
  • भर्खरै सार्वजनिक भएको एसईई नतिजाका आधारमा ६१.८१ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य देखिएका छन् ।
    लेखकले आफ्नो रुचि, क्षमता अनुसार योजना बनाउनु आवश्यक बताएको छ।
    भर्खैरै मात्र माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार, यस वर्ष परीक्षामा सहभागी भएकामध्ये करिब ६१.८१ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न योग्य ‘ग्रेड’ ल्याउन सफल भएका छन् ।

    यो वर्ष ३८.१९ प्रतिशत विद्यार्थी ‘नन-ग्रेडेड’ भई कक्षा ११ मा भर्ना हुन नपाउने देखिएको छ । अर्थात्, ६१.८१ प्रतिशत विद्यार्थी उच्च शिक्षाका लागि अगाडि बढ्ने अवसर पाएका छन् भने बाँकीले मौका परीक्षाको पर्खाइ वा एक वर्ष कुर्नुपर्ने अवस्था आएको छ।

    उत्कृष्ट नतिजा हासिल गरी अगाडि बढ्ने अवसर पाउनुहुने सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ! साथै, यस पटक अपेक्षित नतिजा ल्याउन नसकी पुनः परीक्षाको तयारीमा जुट्नुपर्ने विद्यार्थीहरूलाई पनि अग्रिम शुभकामना !

    नतिजा राम्रो आउँदा कति विद्यार्थीहरू हर्षित होलान्, मिठाई बाँडिरहेका होलान् । आफन्त तथा साथीभाइबाट प्राप्त बधाईले उनीहरूको खुसीको ग्राफ झनै उकालो लागेको होला ।

    तर, कतिपय विद्यार्थीहरू भने पुनः परीक्षा दिनुपर्ने अवस्थाले चिन्तित हुनु स्वाभाविक हो । ‘तिम्रो नतिजा के भयो ?’ भन्ने आफन्तको प्रश्नले मन पोल्दो हो । सामाजिक सञ्जालमा साथीहरूको सहित राखेका पोस्टहरू देख्दा दुःखी महसुस भई खुसीको ग्राफ ओरालो लागेको पनि होला । यद्यपि, केही विद्यार्थीहरू मौका परीक्षा दिन पाएकोमा वा गणित, अंग्रेजीजस्ता विषयहरू उत्तीर्ण भएकोमा खुसी पनि होलान् ।

    एक मनोविद्का रूपमा, यो लेख एसईई दिने सम्पूर्ण विद्यार्थीहरूमा समर्पित छ । सफल भएका वा पुनः परीक्षाको तयारीमा जुटेका विद्यार्थी र उनीहरूका अभिभावकका लागि समर्पित छ ।

    विद्यालय तहदेखि नतिजा आउने बेलासम्म तपाईंहरूले बारम्बार सुन्दै आउनुभएको होला, ‘जीवनको निर्धारण एसईईको नतिजाले मात्र गर्दैन।’ म पनि यसै भनाइसँग पूर्णरूपमा सहमत छु ।

    हामी सबैको स्वभाव र परिस्थिति एउटै हुँदैन । हाम्रा चाहना र सपना पनि एकै प्रकारका हुँदैनन् । त्यसैले, एसईई पछिको भविष्य पनि सबैको फरक-फरक हुन्छ। त्यसपछिको समयमा उसले पाउने सहयोग, उसले गर्ने साथी संगत, उसले पाउने पारिवारिक र विद्यालयको वातावरण, त्यसैगरी आर्थिक तथा सामाजिक अवस्थाले उसको जीवनको मार्गचित्र निर्धारण गर्दै जान्छ ।

    यसका साथै, जीवनमा दैनिक आइपर्ने प्राकृतिक तथा मानव निर्मित अप्रत्याशित घटनाहरू (जस्तै: आफन्त गुमाउनु, दुर्घटना हुनु आदि) ले पनि जिन्दगीलाई पूरै फरक मोडमा लिएर जान सक्छ । माथि उल्लेख गरिएका हरि र सन्तेको जीवनमा पनि यस्तै अनेकौं सुख र दुःखका परिस्थितिहरू आएका थिए जसले उनीहरूको बाटो मोडिदियो ।

    प्रिय भाइबहिनीहरू, त्यसकारण, ‘के पढ्ने, कस्तो विषय पढ्ने, कुन विद्यालयमा पढ्ने ?’ अथवा ‘म भविष्यमा कस्तो बन्ने र के बन्ने ?’ भन्ने विषयको चर्चा एसईई पास भएपछि मात्र होइन, यो त हामीले विद्यालय शिक्षादेखि नै सोच्न र मनन गर्नुपर्ने विषय हो ।

    एसईईपछि जहाँ र जे पढ्नुहोला, त्यो तपाईंहरूको पारिवारिक, सामाजिक, आर्थिक र भौगोलिक परिवेशअनुसार नै होला । यो लेखमा ‘यो विषय पढ्यो भने भविष्यमा यस पेशाको माग छ’ भन्नुभन्दा पनि, कसरी सन्तुलित तरिकाले आफ्नो भविष्यको तयारी गर्ने र योजना बनाउने भन्नेमा केन्द्रित छ ।

    मैले फेरि आफ्नो बालापनका साथीसँग भएको कुराकानी सम्झेँ । उसले भन्थ्यो- फिल्ममा सलमान खानलाई प्रहरीको भूमिकामा देख्दा प्रहरी बन्ने रहर लागेको थियो। अर्को फिल्ममा कम्पनीको व्यवस्थापक घुम्ने कुर्सीमै बसेर ल्यापटपमा काम गरेको देख्दा ‘अहो, बन्नु पर्ने त व्यवस्थापक पो रहेछ’ भन्ने लागेको थियो ।

    तर मेरो साथी आज न म प्रहरी छ, न कुनै कम्पनीको व्यवस्थापक । तर, जुन पेशामा छ, खुसी छ, सिर्जनशील छ र आत्मविश्वासले भरिएको छ । खैर, आफ्नै साथीको बारेमा धेरै व्याख्या नगरौँ । मैले उठाउन खोजेको कुरा के हो भने, के मेरो साथीमा त्यो बालापनमा प्रहरी र व्यवस्थापक बन्ने सीप, रुचि र आधारस्तम्भहरू थिए त ? ती त केवल किशोरावस्थामा छिटो प्रभावित हुँदा देखिएका बाह्य आकर्षण मात्र थिए । त्यसैले त ऊ आज बिल्कुल फरक धारमा छ ।

    त्यसकारण भविष्यको निर्धारण कसरी गर्ने भन्ने विषयलाई हेर्ने हो भने कार्ल रोजर्सजस्ता प्रसिद्ध मनोविद्का ‘वास्तविक म ‘ र ‘आदर्श म’ को सिद्धान्तलाई बुझ्न सकिन्छ। ‘वास्तविक म’ भनेको तपाईं अहिले वास्तवमा जस्तो हुनुहुन्छ, तपाईंका क्षमता, रुचि, अनुभव र वर्तमान अवस्था हो । यसको विपरीत, ‘आदर्श म’ भनेको तपाईं कस्तो बन्न चाहनुहुन्छ वा कस्तो हुनुपर्छ भन्ने तपाईंको कल्पना हो।

    यदि तपाईंको ‘वास्तविक म’ र ‘आदर्श म’ बीच धेरै फरक छ भने, तपाईंलाई असन्तुष्टि र चिन्ता महसुस हुन सक्छ । उदाहरणका लागि, यदि एक विद्यार्थी सानैदेखि विद्युतीय सामग्रीहरूसँग खेल्न रुचाउँछ, उसको फुर्सदको समय बिताउने माध्यम बन्छ, उसको गणित, विज्ञान र भौतिकशास्त्रमा राम्रो ज्ञान राख्छ भने भविष्यमा इन्जिनियरिङको क्षेत्रमा राम्रो गर्न सक्ने सम्भावना बढी हुन्छ ।

    तर, राम्रो अंकका आधारमा, परिवारको अपेक्षा र समाजको दबाबका कारण उसको ‘आदर्श म’ डाक्टर बन्ने भयो भने, ऊ पढ्न त सक्ला तर भविष्यमा आफ्नो पेसासँग रमाउन सकेन भने के यो व्यक्ति खुसी नहुन सक्छ । यसको मतलब, वास्तविक म र आदर्श मबीचको दूरीले पार्ने प्रभावलाई सहजै बुझ्न सकिन्छ ।

    जब हामी आफ्नो भित्री रुचि र क्षमतालाई चिन्न सक्छौँ र सोहीअनुसार आफ्नो ‘आदर्श म’ निर्माण गर्छौँ, तब हाम्रो जीवन अझ सन्तुलित र खुसी हुन्छ । एसईईपछि तपाईंले छनोट गर्ने विषय वा क्षेत्र तपाईंको वास्तविक क्षमता र रुचिअनुसार छ कि छैन, भनेर सोच्नु आवश्यक हुन्छ । बाह्य आकर्षण वा अरूको देखासिकीले मात्र निर्णय गर्दा भविष्यमा पश्चताप हुन पनि सक्छ।

    यसै सन्दर्भमा, अर्का प्रख्यात मनोविद् मिहाली सी.को ‘प्रवाहको सिद्धान्त’ पनि उत्तिकै महत्वपूर्ण छ । ‘प्रवाह’ भन्नाले कुनै काममा यति धेरै लीन हुनु कि समयको हेक्का नै नहुने, पूर्णरूपमा केन्द्रित भई त्यस कामबाट आनन्द लिने अवस्थालाई बुझाउँछ । यो अवस्था तब आउँछ जब कुनै काम तपाईंका लागि न धेरै सजिलो हुन्छ र न धेरै गाह्रो – अर्थात् चुनौती र तपाईंको सीपबीच सन्तुलन हुन्छ ।

    जब चुनौती तपाईंको सीपभन्दा धेरै बढी हुन्छ, चिन्ता उत्पन्न हुन्छ । जब सीप चुनौतीभन्दा धेरै बढी हुन्छ, अल्छी लाग्छ । तर, जब चुनौती र सीप सन्तुलनमा हुन्छन्, तब ‘प्रवाह’को अनुभव हुन्छ । उदाहरणका लागि, यदि तपाईं अन्तर्मुखी स्वभावको हुनुहुन्छ, तपाईंसँग मान्छेहरूका अगाडि ढुक्कसँग बोल्न र प्रभाव पार्न सक्ने सीप छैन तर तपाईंको जिम्मेवारी एक प्रशिक्षकको छ भने, त्यस्तो अवस्थामा तपाईंले कामका लागि धेरै चिन्ता महसुस गर्ने सम्भावना बढी हुन्छ ।

    ठिक उल्टो, यदि तपाईंसँग ठूलो समूह र शिक्षित व्यक्तिहरूलाई पनि प्रभावित पार्ने वाककला छ तर तपाईं निश्चित परिधिभित्रको समूहसँग मात्र काम गरिरहनुभएको छ भने तपाईंलाई अल्छी लाग्छ । यहाँ आफूले गर्नुपर्ने चुनौतीभन्दा आफूसँग सीप धेरै छ ।

    त्यसैगरी, यदि तपाईंसँग राम्रो वाककला छ, तपाईं ठूलो समूहमा आफ्नो रुचिअनुसार काम गरिरहनुभएको छ भने तपाईंको काममा प्रवाह हुन्छ । अर्थात्, ‘फ्लो’ हुन्छ। तपाईं समुदायमा एक राम्रो वक्ताको रूपमा स्थापित हुन सक्नुहुन्छ । तपाईं काममा सिर्जनशील हुनुहुन्छ, काम गरेर थकाइ लाग्दैन, अल्छी लाग्दैन र तुलनात्मक रूपमा तपाईं कम चिन्तित हुनुहुन्छ ।

    त्यसकारण, विद्यार्थी भाइबहिनीहरू, तपाईंले उच्च शिक्षामा कुन विषय रोज्नुहुन्छ वा भविष्यमा कुन पेशा अंगाल्नुहुन्छ, त्यो महत्त्वपूर्ण छ । यदि तपाईं आफ्नो रुचि र क्षमता अनुसारको क्षेत्रमा लाग्नुभयो भने, तपाईंले पढाइमा र पछि आफ्नो काममा ‘प्रवाह’ अनुभव गर्न सक्नुहुनेछ । यसले तपाईंलाई अझ बढी उत्पादक, सन्तुष्ट र खुसी बनाउनेछ ।

    त्यसैले, आफ्नो वास्तविक रुचि, क्षमता र भविष्यका लागि स्पष्ट लक्ष्य पहिल्याउनुहोस् । परिणाम भन्दा प्रक्रियामा ध्यान दिनुहोस् । कहिलेकाहीँ व्यक्ति आफ्नो क्षमता र भविष्यमा बन्न खोजेको कुरामा दुविधामा पर्न सक्छन् । जसले गर्दा कसरी तयारी गर्ने ? कसरी विषयहरू छान्ने ? कल्पना गरेको वा आफ्नो आदर्शको बाटो कसरी पछ्याउने ? जस्ता प्रश्नहरू मनमा उत्पन्न हुन सक्छन् ।

    यस्तो अवस्थामा दक्ष मनोविमर्शकर्ता तथा मनोविदको सहयोग लिनु उपयुक्त हुन्छ । विज्ञहरूले उपलब्ध मनोबैज्ञानिक स्रोत र सामग्रीको प्रयोग गर्दै आफ्नो ‘वास्तविक म’ र ‘आदर्श म’ बीचको सम्बन्ध र दूरीलाई पहिचान गर्न मद्धत गर्दछन्। स्रोत : अनलाइन खबर

    आइतबार, असार १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
    नवोदयमा कफी हाउस कार्यक्रम सुरु
    माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

    • नवोदयमा कफी हाउस कार्यक्रम सुरु

    • माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा

    • हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने

    • कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys