• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   बुधबार, माघ ०८, २०८२  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • २ हप्ता अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • २ हप्ता अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • १ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

विद्यालयका नृत्य प्रशिक्षकसँग अन्तरक्रिया
  • १ महिना अगाडि

विद्यार्थीलाई विद्यालय पोशाक वितरण
  • २ महिना अगाडि

आफ्नो तलबले विद्यार्थीलाई पाेसाक
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सोलिड्यारिटीले चुम्यो अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी
  • २ महिना अगाडि

युनाइटेड अंग्रेजी विद्यालयमा पठन अभ्यास, उत्कृष्ट ७ विद्यार्थी पुरस्कृत
  • २ महिना अगाडि

जाडोमा विद्यार्थीलाई न्यानो कपडा
  • २ महिना अगाडि

अहिलेका छोराछोरी साह्रै महङ्गा

  • Suddhi Online मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
  • अर्जुन मोहन भट्टराई
    केही दिन अगाडि गाउँ गएको एक जना आफन्तलाई भेट्न गएँ। उहाँ भर्खर बिरामी भएर अस्पतालबाट फर्कनु भएको रहेछ।

    उहाँले सोध्नुभयो, ‘बाबु कतिमा पढ्छन्?’

    मैले दशमा भनेपछि उहाँले अहिलेका केटाकेटी महँगा भन्नुभयो, ‘पढाउन, लेखाउन, खेलाउन, डुलाउन, रमाउन, उनीहरूको चित्त बुझाउन पैसाका बिटा बिटा चाहिन्छ। हाम्रा पालामा धुलोमा लड्दै बढ्दै हुर्किन्थे। बच्चा लडे पनि लड्छन् बढ्छन् भन्थे बुढापाकाले।’

    ‘स्कुलबाट बच्चालाई अमेरिका, बेलायत, जापान लैजाने चार/पाँच लाख तिरेर कस्तो गाह्रो? नपठाए बच्चाले अरू बच्चाको अगाडि आफूलाई निचा सोच्छन्, पठाऊँ भने त्यत्रो पैसा कसरी पठाउने?’ भन्दै हुनुहुन्थ्यो एक जना दिदीले।

    महँगा पनि कति भने नि यसो गर पैसा उसो गर पैसा। यतिका पैसा किन? कति महँगो भन्ने प्रश्न गर्‍यो कि ‘कमाएको केको लागि? सन्तानका लागि हैन? खर्च त लाग्छ नि’ भन्ने उत्तर सहज आउँछ। बाआमाको पीडा कसले बुझ्ने?

    बच्चालाई अन्डा जस्तो गरेर राख्नुपर्छ; जतन तथा मिलाएर व्यवहार गर्नुपर्छ। यसो तल-माथि भयो कि तनाव दिन्छन्। बोल्दा, खाँदा, भेट्दा, उठ्दा, चल्दा, हिँड्दा सबैतिर सोचेर काम गर्नुपर्छ। यो बाबु-आमाको पद चानचुने होइन, असलमा बाबु-आमा बन्न गाह्रो छ।

    बच्चाको रहर पूरा गर्न बाबु-आमाले आफ्नो रहर, जोस, जाँगर, सोख, भावना, सोचलाई मार्नुपर्छ। विदेशी मालिकले मेरो भर्खर भर्खर बच्चा जन्मिँदाका ताका ‘आजकल कतिको सुत्न पाइन्छ? बच्चाले निद्रा पुर्‍याउन दिन्छ?’ भनेर सोध्ने गर्दथ्यो।

    निद्रा भोक मारेर हरेक बाबुआमाले सन्तान हुर्काउने बढाउने गर्छन्। यो क्रम निरन्तर सदियौँदेखि चली आएको होइन, हामी कसैले मात्र गरेको पनि होइन, मात्र फरक त्यो बेला सब कुरा सस्तो थियो। समाजमा हार्दिकता थियो। पाप धर्मको चेष्टा थियो। त्यो अहिले छैन। पोखरामा हुँदा भाइले एसएलसी पास गर्‍यो। त्यो बेला दिदीले भाइलाई गाली गरेको म कहिल्यै बिर्सन्नँ। उहाँले भन्नुभयो कि मेरो मेहनत खेर गयो। अर्थात् अभिभावकको इच्छा, सोच, आशा ठुलो हुन्छ. कुनै सन्तानले पूरा गर्छन्, कुनैले गर्दैनन्। सामर्थ्य, बलबुता, जाँगर, मेहनत, भाग्यको कुरा पनि होला।

    सन्तान हरेक तरहले महँगा छन् जुन जन्मिँदादेखि सुरु हुन्छ। हामी सबैलाई थाहा भएकै कुरा हो अहिलेका बच्चालाई तिम्रो बर्थप्लेस (जन्मस्थान) कहाँ हो भनेर सोध्यो भने अस्पताल भन्छन्। एक हिसाबले राम्रो हो, शिशु मातृ मृत्युदर घटेको छ। अर्को हिसाबले हेर्दा जन्मँदादेखि पैसाको खोलो बगाउनु पर्छ।

    अस्पतालको जन्म, बोर्डिङको पढाइ, राइडरको सवारी, पिज्जा बर्गर मम चाउमिनको खाना, बोतलको पानी, पुमा एडिडासको जुत्तादेखि नेटफ्लिक्सको फिल्मसम्म सबैतिर पैसा बगाउनु पर्छ। पैसा नबगाएर घरमा बबन्डर कोलाहल झगडा रडाको हुन्छ अनि बच्चा महँगो मान्नै पर्‍यो। माने पनि इच्छा पूरा गर्न कुनै कसरत बाँकी राख्न भएन।

    महँगा बच्चा सुरुदेखि नै पालनपोषण, शिक्षादीक्षा महँगो भएपछि यो पुस्ताका बच्चाले दुई कुरा मध्ये एउटा गर्छन् नै; कि त सान सौगत र मोज इच्छाका लागि विदेश हानिन्छन्, यहाँ बसे पनि त्यो महँगो बानीले खर्च टिक्नका लागि भ्रष्टाचार, अनियमितता, तल-माथि लामो हात गर्नुपर्छ। नियमित स्वाभाविक सेतो सफेद आयले टिक्न गाह्रो हुन्छ।

    खर्च गर्ने, बर्साउने बाउआमा परधाम हुँदै या बुढ्यौली भएपछि अन्य बाटो हुन्न। बानी महँगो लगाइदिएका छन् बाबुआमाले, सस्तोमा जीवनशैलीमा फर्कन सक्दैन। यस कारण बच्चा महँगा भएका छन्। समाज सुन्दैन, बुझ्दैन। सुने बुझेका थाहा पाएकाले राम्ररी सकारात्मक किसिमबाट अर्थ्याउने बुझाउने अवस्था छैन। सुझाव फेरि कसले सुन्छन् र! सबै आफै जान्ने सुन्ने छन्।

    ‘सानो भइन्जेल मर्छन् कि भन्ने डर, ठुलो भएपछि मार्छन् कि भन्ने डर’ भन्ने भनाइ मार्मिक छ। यो अहिलेका बच्चामा लागु हुन्छ। महँगो गरी पालेका बच्चा सस्तो जीवनमा जान रुचाउन्नन्, लघुताभास हुन्छ। महँगोमा जान आयले दिँदैन। यसैले पलायन बढ्दै छ। डिप्रेसनले हरेक घर घरमा गाँजेको छ। यस कारण बच्चालाई अन्डा जस्तै सुरक्षित तवरले हुर्काऊँ बढाऊँ। मन मात्र नबढाऊँ, दिमाग ज्ञान पनि बढाऊँ । साभार : सेतो पाटी

    मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
    हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
    कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा

    • हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने

    • कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया

    • विद्यालयका नृत्य प्रशिक्षकसँग अन्तरक्रिया

    • विद्यार्थीलाई विद्यालय पोशाक वितरण

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys