
हेटौंडा, नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले गत वर्ष एसईई दिएर बसेका विद्यार्थीलाई बिदाई गरेको छ । उक्त बिदाई कार्यक्रममा आठ विधाका उत्कृष्ट विद्यार्थीहरुलाई अवार्ड प्रदान गरेको थियो । शनिबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई अवार्ड प्रदान गरेको हो ।
अनुशासन विद्यार्थी अवार्डमा मनिषाकुमारी खड्का, नवोदय साहित्यिक सम्मान वर्ष २०७९ बाट र मष्ट डिलिगेट अवार्ड रेजा विष्ट, इम्प्रुभ अवार्ड सुम्निमा अधिकारी, आर्टिष्टक अवार्ड अनुज श्रेष्ठ, क्रियटिभ अवार्डमा सत्कार स्याङतानलाई प्रदान गरेको थियो । यसैगरी एथ्लेटिक्स अवार्ड अजल मानन्धर र भर्सटाइल अवार्ड प्रमित कोइरालालाई प्रदान गरिएको थियो । कक्षा ८, ९ र १० का संयोजक सिएम रिमालको अध्यक्षतामा भएको कार्यक्रममा २०७९ सालमा एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई मायाको चिनोसमेत प्रदान गरी बिदाई गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले साङ्गीतिक नृत्य प्रस्तुत गर्नुका साथै गायन पनि प्रस्तुत गरेका थिए । २०७९ सालको एसएलसी परीक्षामा नवोदय विद्यालयबाट ७१ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक अरुण दहाल, माध्यमिक तहमा अध्यापन गराउने शिक्षकरशिक्षिकालगायतको आतिथ्यता रहेको थियो ।



