
हेटौंडा / हेटौंडा ५ मा रहेको श्री लक्ष्मी आधारभुत विद्यालयमा पाँच दिने शैक्षिक सामग्री निर्माण तालिम सुरु भएको छ । कक्षा कोठा डेकोरेसन लगायतका अध्यापनमा आवश्यक पर्ने सामग्रीहरु निर्माण गर्न तालिम प्रदान गरिने विद्यालयका प्रध्यानाध्यापक रामहरी मैनालीले जानकारी दिए ।
नवोदय शिशु सदनका तालिम प्राप्त प्रशिक्षकहरु जमुना थापा, दर्शना बर्ताैला, मिडल राईले प्रशिक्षण गर्नेछन् । तालिमबाट नयाँ प्रविधिहरु सिक्न पाईने र अध्यापन गराउन सहज हुने विश्वास लिएको प्रध्यानाध्यापक मैनालीले बताए । सोमबारबाट सुरु भएको तालिममा १३ जना शिक्षकले तालिम लिनेछन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । नर्सरी देखि कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा ३ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।