• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, फागुन २३, २०८२  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ हप्ता अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ हप्ता अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • १ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • १ महिना अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • २ महिना अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • ३ महिना अगाडि

विद्यालयका नृत्य प्रशिक्षकसँग अन्तरक्रिया
  • ३ महिना अगाडि

विद्यार्थीलाई विद्यालय पोशाक वितरण
  • ३ महिना अगाडि

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो

  • शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
  • हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य बजारमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण ह्वात्तै बढेको छ । नयाँ शैक्षिक सत्र २०८० वैशाख ३ गतेदेखि सुरु भएपछि सामुदायिक विद्यालयहरुमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको हो ।
    विगतको तुलनामा पछिल्लो समय हेटौंडा—४ स्थित भूटनदेवी माध्यमिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । भूटनदेवी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भरत पोखरेलले गत चैत्र २७ गतेदेखि विद्यालयले नयाँ भर्ना आवेदन फारम खुलाएको जानकारी दिनुभयो । हालसम्म ४ सय ५० जना विद्यार्थी नयाँ भर्नाका लागि आवेदन फारम भरेको उहाँले बताउनुभयो ।
    २ सय जना नयाँ विद्यार्थी भर्ना लिन सक्ने विद्यालयको क्षमता रहेको छ । तर, विद्यालयको सिट संख्याभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि विद्यालयले प्रवेश परीक्षा लिएर उत्कृष्ट विद्यार्थी भर्ना लिन लागेको बताउनुभयो । कक्षा ४, ५ र ६ मा भर्ना हुन चाहने विद्यार्थीलाई वैशाख ८ गते र कक्षा ७, ८ र ९ मा भर्ना हुन चाहने विद्यार्थीलाई ११ गते प्रवेश परीक्षा लिन लागेको उहाँले जानकारी दिनुभयो । यस्तै, सिभिल इन्जिनिरिङतर्फ वैशाख १३ गते प्रवेश परीक्षा लिइने उहाँले बताउनुभयो । सिभिल इन्जिनियरिङतर्फ ४८ सिटमा विद्यार्थी भर्ना क्षमता रहेको छ ।

                                             
    तल्लो तहको तुलनामा माथिल्लो तहमा विद्यालयको क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएको उहाँको भनाइ छ । कक्षा ९ र १० मात्र ५÷५ वटा सेक्सन छुट्याइएको छ । सहायक प्रधानाध्यापक पोखरेलले भन्नुभयो— ‘निजी विद्यालयमा मासिक रुपमा १० हजार रुपैयाँ शैक्षिक शुल्क खर्च हुन्छ भने सामुदायिक विद्यालयमा वार्षिकरुपमा १० हजार रुपैयाँ शैक्षिक शुल्कले पुग्छ ।’ शैक्षिक शुल्कले अभिभावकमा आर्थिक भार परेपछि सामुदायिक विद्यालयमा आफ्ना बाबुनानीलाई भर्ना गराउने अभिभावकको समेत आकर्षण भएको उहाँको भनाइ छ ।
    सामुदायिक विद्यालयको नतिजामा सुधार, शैक्षिक गुणस्तरमा सुधार, दक्ष शिक्षकहरुको लागनशिलता तथा मिहिनेतले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको उहाँले जानकारी दिनुभयो । भूटनदेवी माध्यमिक विद्यालयमा २ हजार विद्यार्थी पठनपाठन गराउने क्षमता रहेको छ । जसका लागि २२ जना स्रोतका शिक्षक रहेका छन् भने २५ जना सरकारी दरबन्दीका शिक्षक रहेका छन् ।
    हेटौंडा—४ मै रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबारदेखि नयाँ भर्नाका लागि आवेदन फारम खुला गरिएको छ । हालसम्म ६ सय ५० जना विद्यार्थीले नयाँ भर्नाका लागि आवेदन फारम भरेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका परीक्षा शाखा प्रमुख कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयको क्षमता ३ सय विद्यार्थी लिन सक्ने रहेको उहाँले बताउनुभयो । आवेदन फारम भरेका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीको आउँदो वैशाख ११ गते विद्यालयले प्रवेश परीक्षा लिने उहाँले जानकारी दिनुभयो ।
    प्रतिस्पर्धा र समावेशी वातावरण, आर्थिक भार कम, छात्रवृत्तिको व्यवस्थाका कारण स्वभाविकरुपमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको श्रेष्ठले बताउनुभयो । सरकारी छात्रवृत्ति सुविधाका लागि सामुदायिक विद्यालमया विद्यार्थीको आकर्षण बढेको भन्न नमिल्ने उहाँको भनाइ छ । विद्यालयमा २ हजार ७ सय विद्यार्थी पठनपाठन गराउने क्षमता रहेको उहाँले बताउनुभयो । आधुनिक माविमा २८ जना निजी स्रोत र ३० जना सरकारी दरबन्दीका शिक्षक रहेको उहाँले जानकारी दिनुभयो ।
    यस्तै, हेटौंडा—५, पिप्लेमा रहेको बालज्योति माध्यमिक विद्यालयमा हालसम्म ३ सय जना विद्यार्थीले भर्ना आवेदन फारम भरेका छन् । स्थानीय सरकारको चासो, दिवा खाजाको व्यवस्था, मन्टेश्वरीको व्यवस्था, शैक्षिक गुणस्तरमा सुधारले विद्यार्थीको आकर्षण बढेको विद्यालयका प्रधानाध्यापक भरत पोखरेलले बताउनुभयो । विद्यालयमा ३५ जना निजी स्रोत र २६ जना सरकारी दरबन्दीका शिक्षक रहेको उहाँले जानकारी दिनुभयो । विद्यालयमा एक हजार एक सय ७ जना विद्यार्थी अध्ययनरत छन् । केही दिनपछि सिमित सिटका लागि विद्यालयले प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्ने उहाँको भनाई छ ।
    हेटौंडा—२ स्थित सिद्वार्थ माध्यमिक विद्यालयले वैशाख ३ गतेदेखि भर्ना आवेदन फारम खुला गरेको छ । हालसम्म ५ सयभन्दा बढी विद्यार्थीले भर्ना आवेदन फारम भरेको सिद्वार्थ माविका सहायक प्रधानाध्यापक सागरप्रसाद खतिवडाले जानकारी दिनुभयो । विद्यालयको नयाँ विद्यार्थी भर्ना क्षमता भने ३ सय जनामात्र रहेको उहाँले बताउनुभयो । सिमित सिट संख्या भएकाले बैशाख ८ गते कक्षा ६ देखि ९ सम्मका विद्यार्थीको प्रवेश परीक्षा लिएर भर्ना लिने उहाँले जानकारी दिनुभयो ।
    गतवर्ष एसईई दिएका एक सय ८४ जना विद्यार्थी, कर्मचारीको सरुवा, आर्थिक अवस्था धान्न नसक्दा गाउँमै फर्किएका विद्यार्थीको रिक्त स्थानमा थप विद्यार्थी भर्ना गरिने उहाँले जानकारी दिनुभयो । तल्लो तहदेखि नै विद्यार्थीको आकर्षण सामुदायिक विद्यालयमा बढेको खतिवडाले बताउनुभयो । सुविधा सम्पन्न भौतिक संरचना, प्राविधिक विषय, छात्रवृत्तिको व्यवस्था र आर्थिक मन्दीले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको उहाँको भनाई छ ।
    सिद्धार्थ माविमा २२ जना निजी स्रोत र ३५ जना सरकारी दरबन्दीका शिक्षकहरु रहेका छन् । विगत ४ वर्षदेखि विद्यार्थीसँगै अभिभावकको आकर्षण सामुदायिक विद्यालयमा बढिरहेको उहाँले बताउनुभयो । यस शैक्षिक सत्रमा तराईबाट भर्ना हुन आउने विद्यार्थीको संख्या न्यून रहेको खतिवडाले जानकारी दिनुभयो । प्राथमिक तहमा भने सामान्यरुपमा नै विद्यालयले प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना लिएको बताइएको छ ।
    (समृद्ध समाज दैनिकबाट साभार)

    शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    गणित हाजिरीजवाफ प्रतियोगिता हुने
    प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका

    • गणित हाजिरीजवाफ प्रतियोगिता हुने

    • प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

    • नवोदयमा कफी हाउस कार्यक्रम सुरु

    • माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys