हेटौंडा, हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालयहरुमा आधारभूत तह (कक्षा–८) को अन्तिम परीक्षा चैत ७ गतेबाट शुरु हुने भएको छ ।
हेटौंडा उपमहानगरपालिकाले माघ १० गते सूचना जारी गर्दै कक्षा ८ को परीक्षा चैत ७ गतेबाट सञ्चालन गरिने जानकारी दिएको हो ।
जारी गरेको सूचना अनुसार चैत ७ गते गणित, चैत ८ गते अङ्ग्रेजी, चैत १० गते विज्ञान तथा प्रविधि, चैत ११ गते नेपाली, चैत १२ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, चैत १३ गते स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला र चैत १४ गते हाम्रो हेटौंडा विषयको परीक्षा सञ्चालन हुनेछ ।
दिउँसो १:३० बजेबाट शुरु हुने परिक्षाको सम्बन्धित विद्यालयनै परीक्षा केन्द्र तोकेको सूचनामा उल्लेख गरेको छ ।