हेटौंडा– हेटौंडा १६ हटिया चिसापानीमा रहेको जनप्रिय माध्यमिक बिद्यालयमा अध्ययनरत बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई सत्य साईकेन्द्र केन्द्रीय बिभागले ३५ थान न्यानो स्विटर र टोपी बितरण गरेको छ । बिभागका केन्द्रीय सदस्य उत्तम थापाले विद्यार्थीहरुलाई स्विटर बितरण गर्नु भएको हो ।
बितरण समारोहमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद बस्ताकोटी, सदस्य इन्द्र प्रसाद खतिवडा, प्रधानाध्यापक भुपेन्द्र चौलागाईं, अतिरिक्त तथा सास्कृतिक बिभाग संयोजक युक्तलाल बिश्वकर्मा, बाल सम्पर्क शिक्षक कृष्ण प्रसाद अधिकारीको उपस्थिति रहेको थियो । प्रधानाध्यापक चौलागाईंले जाडोको समयमा न्यानो स्विटर प्रदान गरी महत्वपूर्ण सहयोग गरेकोमा सत्य साईकेन्द्रलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगका लागि अपिल गरे । सत्य साईकेन्द्रले बिगतका बर्षहरुमा पनि शैक्षिक सहयोग प्रदान गर्दै आएको थियो ।