हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आइतबार बसेको बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने सोमबार सार्वजनिक गर्ने बताएको छ ।
यसअघि दुई विषयमा एनजी नन ग्रेडेड आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । त्यसपछि बोर्डले अर्को मिति तय गरेको हो ।
गत बिहीबार सार्वजनिक भएको २०८० सालको एसईईको नतिजामा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो।
एसईई मौका परीक्षा साउन २३ गतेदेखि
एसईई मौका परीक्षा साउन २३ गतेदेखि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु