हेटौंडा । नगर स्तरीय युवा सञ्जाल हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको वातावरण सम्बन्धी स्थानीय समस्याहरूको कारण, असर र नियन्त्रण शीर्षकमा छलफल तथा गोष्ठी कार्यक्रम बुधबार हेटौंडामा सम्पन्न भएको छ।
उक्त छलफल तथा गोष्ठी कार्यक्रममा डिजिटल स्लाइड शो मार्फत प्रस्तुति दिएको नवोदय शिशु सदन विद्यालय उत्कृष्ट घोषित भएको छ । नवोदय विद्यालयबाट प्रस्तुति दिनेमा वृष्टि जयसवाल, शितिस्मा उप्रेती, सुविज्ञा शर्मा र विज्ञान पकुवाल रहेका थिए । हेटौंडा उपमहानगरपालिकामा रहेका ६ वटा विद्यालयले सहभागिता जनाएको कार्यक्रममा कमाने एकेडेमी द्वितीय र भुटनदेवी माध्यमिक विद्यालय तृतीय हुन सफल भएको नगर स्तरीय युवा सञ्जाल हेटौंडाका अध्यक्ष दिपेश मिश्रले जानकारी दिए ।
नगर स्तरीय युवा सञ्जाल हेटौंडाका अध्यक्ष दिपेश मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहाल, हेटौंडा क्याम्पसका प्रमुख देवीराम लामा, हेटौंडा क्याम्पसका स्ववियू सभापति अभि मैनालीलगायतको आतिथ्य रहेको थियो ।
प्रतिक्रियाहरू