हेटौँडाः हेटौंँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सको आयोजनामा जारी बास्केटबल प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेलमा बीआइएम सङ्काय विजयी भएको छ । म्यानेजमेन्ट कलेजको बास्केटबल कोर्टमा भएको पहिलो खेलमा विज्ञान सङ्कायलाई ५८–१६ अङ्कले हराउँदै बीआइएम विजयी भएको हो । सोमबारै भएको दोस्रो खेलमा कक्षा–१२ को व्यवस्थापन सङ्काय विजयी भएको छ । बीसीएलाई १७–१५ अंकले हराउँदै व्यवस्थापन सङ्काय विजयी भएको हो ।
गतवर्ष जस्तै यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिएको हो । आइतबार भएको पहिलो खेलमा बीसीएले होटल म्यानेजमेन्टलाई ४०–१९ को अङ्कले हराउँदै विजयी भएको थियो भने कक्षा–११ को व्यवस्थापन सङ्कायलाई ५३–२६ अङ्कले हराउँदै बीआइएम विजयी भएको थियो ।
प्रतियोगितामा ६ वटा छात्र र २ वटा छात्रा गरी जम्मा ८ टिमको सहभागिता रहेको छ । मंगलबारको पहिलो खेलमा कक्षा–११ को व्यवस्थापन सङ्काय र विज्ञान सङ्कायबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रोमा होटल म्यानेजमेन्ट र कक्षा–१२ को व्यवस्थापन सङ्कायबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले ७ हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतिक्रियाहरू