×

मेनु

सिस्नुपानीको गाईजात्रा विशेष कार्यक्रम सम्पन्न

sudhionline
0 पटक हेरियो
0 प्रतिक्रिया

हेटौंडाः हास्यव्यङ्ग्य विशेष कार्यक्रमहरू आयोजना गर्दै आइरहेको सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्यमय गाईजात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा गहन खतिवडा र विशेषता अधिकारीले भीमेश्वरको मेला गीतको चिरञ्जीवी लामिछानेद्वारा लिखित प्यारोडी गीत “जाल अनि झेल” गाएर सुरू भएको कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको “खाइजात्रे बजेट भाषण” प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अजर फूयाँलले “सिमसिमे वाटर” प्यारोडी गायन गरेका थिए भने जसलाई सुमार्गी हुमागाईँले लेखेका हुन् । हुमागाईँको लेखनमा रहेको क्यारिकेचरसहितको प्रहसनमा हुमागाईँले ६ जना राजनीतिज्ञको क्यारिकेचर गरेका थिए । डीबी बर्तौला, ओमभक्त भण्डारी, सुबास सजल, देव दुलाल, विशेषता अधिकारी, सलिना थापाले विभिन्न भूमिकामा प्रस्तुति दिएका थिए ।

२ वटा कविताहरूमध्ये पुरूषोत्तम आचार्यको “बत्ती नबाल्नू अब” र गोविन्द पौडेलको “जिन्दगीका जोल्टिङहरूमा” वाचन गरिएको कार्यक्रममा हुमागाईँको उत्कृष्ट प्रस्तुतिका कारण उहाँलाई ५ हजार पुरस्कार दिने घोषणा गरिएको थियो । साहित्य सर्जक मनोज पोखरेलको “माड्साप” एकल प्रहसनदेखि मीनप्रसाद लामिछानेद्वारा रचित “अन्तर्वार्ता” सम्मका प्रस्तुतिहरू प्रदर्शन भएका थिए । अन्तर्वार्तामा सानु खनाल, मनोज पोखरेल, रजनी पौडेल र मीनप्रसाद लामिछाने सहभागी रहेकाे थियाे ।

लामिछानेद्वारा रचिएको “ठोक् न मादल ठोक्” गीतलाई सागर तिमल्सिनाले गायन गरेका थिए । कार्यक्रममा खचाखच दर्शकहरूबिचमा गरिएको कार्यक्रमलाई हेटौँडा उपमहानगरपालिका वडा नं. ४ ले प्रवर्धन गरेको हो ।

सामाजिक, राजनीतिक, आर्थिकका साथसाथै विविध मुद्दाहरूलाई उठान गरी प्यारोडी, प्रहसन आदिमार्फत् २.५ घण्टासम्म दर्शकलाई सक्रिय गराइराखेको कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजालले आफ्नो हास्यव्यङ्ग्य सामग्री प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अवधिभर वाद्यवादनमा प्रलय चौलागाईँ, सुनिल केसी र विश्वराज अधिकारीको विशेष भूमिका रह्यो । उपाध्यक्ष तथा कार्यक्रम संयोजक मीनप्रसाद लामिछानेले स्वागत गर्नु भएको कार्यक्रमलाई एनएस टेलिभिजनले छायाङ्कन गरेको हो ।

अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले शुभकामना मन्तव्य राखेका थिए । प्रदेश सरकारका मन्त्री, सचिव, प्रशासकका साथसाथै उद्योगी, व्यवसायी, पेशागत कर्मचारी, सञ्चारकर्मी र विद्यार्थीहरूको समेत बाक्लो उपस्थिति रहेकाे थियाे ।

sudhionline लेखक

हाम्रो टोलीका अनुभवी सदस्य, निरन्तर रूपमा गुणस्तरीय सामग्री प्रकाशित गर्दछन्।

प्रतिक्रियाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *