×

मेनु

८० जना छात्रालाई छात्रवृत्ति वितरण

sudhionline
0 पटक हेरियो
0 प्रतिक्रिया

हेटौँडाः मकवानपुरगढी गाउँपालिकाले मकवानपुरगढी उपाध्यक्ष छात्रा छात्रवृत्ति वितरण गरेको छ । बिहीबार सामाजिक विकास संयोजक आइत सिंह लोको सभाध्यक्षतामा ८० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको गाउँपालिकाका स्रोत शिक्षक दाशरथी उपाध्याय भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाले कक्षा ११ र १२ तथा स्नातक तह अध्ययन गर्ने ८० जना विद्यार्थीलाई नगद १० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको हो । छात्राले उच्च शिक्षा हासिल गरुन् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरेको भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्य तथा गाउँ पालिकाका शिक्षा शाखा प्रमुख राम बहादुर घलानको विशेष आतिथ्य रहेको थियो । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवीन गाङतान लामा, उपाध्यक्ष मानकुमारी पाख्रिन, ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

sudhionline लेखक

हाम्रो टोलीका अनुभवी सदस्य, निरन्तर रूपमा गुणस्तरीय सामग्री प्रकाशित गर्दछन्।

प्रतिक्रियाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *