• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   बुधबार, माघ ०८, २०८२  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • २ हप्ता अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • २ हप्ता अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • १ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

विद्यालयका नृत्य प्रशिक्षकसँग अन्तरक्रिया
  • १ महिना अगाडि

विद्यार्थीलाई विद्यालय पोशाक वितरण
  • २ महिना अगाडि

आफ्नो तलबले विद्यार्थीलाई पाेसाक
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सोलिड्यारिटीले चुम्यो अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी
  • २ महिना अगाडि

युनाइटेड अंग्रेजी विद्यालयमा पठन अभ्यास, उत्कृष्ट ७ विद्यार्थी पुरस्कृत
  • २ महिना अगाडि

जाडोमा विद्यार्थीलाई न्यानो कपडा
  • २ महिना अगाडि

पढ्ने भनेको पुस्तक मात्र हो, पढाउने भनेको शिक्षकले मात्र हो! गिरीश ठगुन्ना

  • Suddhi Online शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
  • गिरीश ठगुन्ना
    ज्ञानका अनौपचारिक स्रोतहरू अद्यावधिक ज्ञानका कुञ्ज बनिरहेका छन्। कृत्रिम बौद्धिकतामा आधारित टुलहरू पाठ्यपुस्तक माथि जबरजस्त हाबी भइरहेछन्। नेपालको शिक्षा पद्धति भने ‘पढ्ने भनेको पुस्तक मात्र हो, पढाउने भनेको शिक्षकले मात्र हो’ भन्ने अवधारणाबाट खासै माथि उठ्न सकेको छैन।

    बनारसमा वर्णमाला छापिने युगभन्दा धेरै पर पुगिसक्दा पनि हाम्रो शिक्षा पद्धति किन ‘सिफ्ट’ हुन सकिरहेको छैन भन्ने सवाल साँच्चिकै गहन छ। किनकि अद्यावधिक ज्ञान प्रवाह, कलाको अभ्यास र अनुसन्धानात्मक पद्धतिको अवलम्बन गरिएको शिक्षाका कारण नै कुनै समय दासता झेलेको मुलुक फिनल्यान्ड समृद्धिको यात्रा तय गर्न सफल भयो। ‘वि ह्याब नथिङ बट नलेज’ कहावतमा रमाउने सिँगापुरियनहरू तेस्रो विश्वका बाट पहिलो विश्वका नागरिक बन्न सफल भए।

    पाठ्यपुस्तक नआइपुगेको भन्दै शैक्षिक वर्ष सुरु भएको दुई/तीन महिनासम्म पनि कक्षा सञ्चालन हुन नसक्ने परिस्थिति देशका कैयन ठाउँहरूमा अझै कायम छ। नयाँ पुस्तकको ‘गाता र पानाहरू’ बाट निस्केको सुगन्ध नाकमा पर्दा हर्षित हुनुपर्ने अवस्थामा विकट भूगोलका विद्यार्थीमा अझै छ। खरिढुङ्गे शिक्षा लिन विवश बनाइएका नेपाली ‘जेन—जी’हरू अचेल पुतलीसडकका कन्सल्टेन्सीहरूमार्फत पुतली झैँ भुरुरु उडिरहेछन्।

    देश नै परदेश बन्ने अवस्था सिर्जना भएको छ। स्कुलमा सरले पढाएका लोककथा र क्याम्पसमा प्राध्यापकले पढाएको पश्चिमा दर्शन जिन्दगीमा कतै काम लागेनन् भन्ने अनुभूति गर्दै तिनै पश्चिमाको देश घचेटिनुको पीडामा रन्थनिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चन्द्र-सूर्य अंकित झन्डा काँधमा ओढेर बिदेसिनु परिरहेछ।

    ह्युमन क्यापिटल अर्थात् मानव पुँजी सबैभन्दा ठुलो पुँजी हो। मुलुकमा करिब आधा हिस्सा तन्नेरीहरू छन्। मस्तिष्कमा उपयोगी ज्ञान र सिप भएको भए सुदूरपश्चिमका तन्नेरीहरू तन्दुरी पोल्न भारत र सुदूरपूर्वका तन्नेरीहरू गोर्खे शिर झुकाउँदै लाहुरे बन्न अवश्य जाँदैनन् थिए। पौरख नभएका नेपालीको शिर विदेशीको तीरले भुईँमा ढल्ने अवस्था आउँदैन थियो

    ‘रोजगारी उपनिवेश’मुनि च्यापिनु पर्दैन थियो। खास बिग्रिरहेको कहाँनिर छ भने— हाम्रा विश्वविद्यालयहरू ज्ञान उत्पादनका वा दक्ष श्रमिक उत्पादनका आधारशिला दुवै बन्न सकिरहेका छैनन्। बलियो कल्पनाशीलता र आत्म अनुशासन विकासका आधारशिला बन्न सकेका छैनन्। फलस्वरूप, क्यारम बोर्ड र लुडोका धुरन्धर खेलाडीहरू जन्मिरहेछन्।

    उति बेला साक्षर भए पुग्थ्यो, अलि अगाडि ज्ञान भए पुग्थ्यो, अहिले सीप चाहिन्छ। विकसित देशहरू सूचना प्रविधि बारे नीति निर्माणमा ध्यान दिँदै नवीन सीपयुक्त जनशक्ति उत्पादनमा केन्द्रित छन्। अद्यावधिक ज्ञान प्रवाह गर्छन्। हाम्रा विश्वविद्यालयहरूले ज्ञान उत्पादन गर्नु त परको कुरा, अरूले सिर्जना गरेको ज्ञान समेत बाँड्न सकिरहेका छैनन्।

    स्कुलदेखि विश्वविद्यालयका मास्टरहरू ‘प्यारट पेडागोजी’का भरिया हुन्। जो दशक पुराना नोट पढाएर ‘नोट’ कमाउँदै नामको अगाडि प्राडा. जोड्न पाएकोमा मग्न छन्। टाइम्स हायर एजुकेसनको विश्व विद्यालय वरियतामा शीर्ष हजारमा नपरेकोमा त्रिविका प्रशासकलाई कुनै संकोच छैन। बरु रंगशालामा एकै पटक हजारौँ विद्यार्थी दीक्षित गर्न पाएकोमा गर्व छ। जुन डिग्रीको अस्ट्रेलिया र जापानका गल्लीहरूले समेत धज्जी उडाइरहेछन्।
    ‘कालो टोपी, कालै भविष्य, यस्तै छ हाम्रो शिक्षाको दृश्य!’

    नेपालको विश्वविद्यालय शिक्षालाई स्थानीयकरण र अन्तर्राष्ट्रियकरण दुवै गर्न सकिएको देखिँदैन। उच्च विविधतायुक्त प्रकृति र समाज भएको मुलुकका विश्वविद्यालयहरूले पनि विविधतायुक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्थे। उहीँ चिकेनका त— छोइला, मःम, रोस्ट जस्ता अनेकौँ परिकार बनाउन सकिन्छ! उस्तै खाले शैक्षिक कार्यक्रम चलाइरहेका विश्वविद्यालयका नाम र प्रशासनिक संरचना भिन्न हुनुको के अर्थ?

    समाजशास्त्र, मूर्तिकला, माउन्टेनरिङ, वेद विज्ञान, हिन्दु र बौद्ध दर्शन, जैविक विज्ञान लगायतका विषय अध्ययन अध्यापनको आधारभूमि नेपाललाई बनाउन लागिपर्नु सरकारको दायित्व हो। माटो सुहाउँदो शिक्षाले देशलाई धेरै थोक दिन्छ भन्ने भाव सरोकारवालामा हुनु जरुरी छ। छिमेकी मुलुक बङ्गलादेशले गार्मेन्ट उद्योगका लागी विशेष पाठ्यक्रम अध्ययन अध्यापन गराइरहेको छ। हामी ‘भोट र मुगलान’ बारेका कथा, कविता पढाउँदै युवालाई ‘भोट र मुगलान’ तिरै धपाउने काम गरिरहेछौँ।

    यो डेटा विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्सको युगमा हो। इन्टरनेट र एआईका कारण सस्तोमा स्तरीय शिक्षा हासिल गर्न पाउने सुविधा बढ्दै जाँदा निकट भविष्यमा विश्वविद्यालयको औचित्यमाथि नै प्रश्न चिन्ह खडा हुने परिस्थिति सिर्जना हुँदै गएको छ। हामी भने कक्षामा ‘श्रुति परम्परा’ लाई नै निरन्तरता दिइरहेछौँ।

    अबको समयमा विद्यार्थीलाई के सिकाउने? उनीहरूमा ज्ञान, सीप र अवधारणा विकास कसरी गर्ने? भन्ने बारेमा हाम्रा विश्वविद्यालयहरू प्रस्ट हुन विलम्ब गर्नु हुँदैन। नेपाली माटो सुहाउँदो प्राज्ञिक, अर्ध प्राज्ञिक र प्राविधिक र लघु प्राविधिक शिक्षाको विकास र उन्नयनमा ध्यान दिनुपर्छ। जस कारण हाम्रा विश्वविद्यालयले रैथाने ज्ञान, सीप बोकेका विश्व स्तरीय प्राज्ञ र प्राविधिज्ञ उत्पादन गर्न सकुन्। मदनहरू होइन, अरनिकोहरू उत्पादन हुन सकुन्।

    मानव सभ्यताको विकासमा महत्त्वपूर्ण योगदान गरेका विश्वविद्यालयहरूको अस्तित्वमाथि सूचना प्रविधिले धावा बोलिरहेको यो समयमा हाम्रा विश्वविद्यालयले नौलोपन ल्याइहाल्नु पर्ने छ। प्राध्यापकले तिसौँ घण्टा लगाएर दिन नसक्ने ‘प्राज्ञिक कन्टेन्ट’ च्याट जिपिटी र डिप सिकले तीस सेकेन्डमा दिन सक्छन्। यसै भएर विश्वका प्रतिष्ठित विश्वविद्यालयहरू आफूमा नयाँपन ल्याउन विघ्न प्रयत्नशील छन्। जस काममा हामी पनि लागिपर्नु पर्छ। अन्यथा, खाडी र कोरियाले समेत प्रविधिको उपयोग बढाउँदै जाँदा नेपाली युवाहरूको रोजगारी गन्तव्य नभेटिने सम्भावना घनघोर रूपमा बढ्दै जाने छ। हाम्रा प्राज्ञको ‘डेट एक्सपायर लेक्चर’ सुन्न लाटोकोसेरो पनि तयार नहुन सक्छ! समयमै माथि उठिहालौँ।

    ज्ञान उत्पादन र सीप विकासका निम्ति गहन अध्ययन र अनुसन्धानको जरुरत पर्दछ। हाम्रा विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूलाई थला पारिएको छ। त्रिविका अनुसन्धान केन्द्रहरू— आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा), व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), एसियाली अनुसन्धान केन्द्र (सिकास्ट) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) माहुरी बिनाका घार जस्ता भएका छन् भन्दा अत्युक्ति हुन्न होला!

    राज्यलाई नीति निर्माणमा सहयोग गर्ने अनुसन्धान केन्द्रहरूलाई बलियो बनाउने तर्फ राज्य नेतृत्वकर्ताको ध्यान जानै पर्छ। हाम्रो देश कि धान कि अनुसन्धानले बलियो बन्ने वाला हो भन्ने भाव मानसपटलमा राख्नै पर्छ। विश्वविद्यालयको प्राज्ञिक स्वायत्ततालाई स्वीकार गर्दै दलको प्रतिनिधित्व गर्ने प्रम कुलपति हुने प्रावधान अन्त्य गराउन पहलकदमी समेत लिइनुपर्छ।

    विश्वविद्यालय शिक्षा राज्यको इन्जिन हो। राम्रो सिकाइ र मूल्याङ्कन पद्धति भएका विश्वविद्यालयले स्तरीय ज्ञान, सीप र चरित्र भएका मानव संसाधन उत्पादन गर्दछन्। राज्यले विश्वविद्यालय सञ्चालनका अवधारणामा नवीनता ल्याइहाल्नु पर्छ। विश्वविद्यालयको शैक्षिक प्रदर्शनले राज्यको प्रदर्शन निर्धारण गर्ने हो।

    विद्यार्थीलाई असफलताको डरभन्दा माथि उठाउँदै ज्ञान र सीपको जगमा भावनात्मक टेवा र आत्मविश्वास प्रदान गर्ने शिक्षा आजको आवश्यकता हो। जसका निम्ति राज्यले अब बहुपक्षहरूमा एकसाथ काम गर्नु अपरिहार्य छ।

    आवश्यक स्रोतको व्यवस्थापन गर्दै समय सुहाउँदो पाठ्यक्रम निर्माण, सक्षम प्राध्यापक नियुक्ति, सशक्त शिक्षण अभ्यास, सिकाइमा विद्यार्थीको क्रियाशील सहभागिता, संस्था तथा समुदाय लगायतका सरोकारवालासँग सहकार्य, अध्ययनमा समानता र समावेशिताको वातावरण, पाठ्यक्रम र शिक्षण सिकाइ तथा मूल्याङ्कन बिच तादात्म्य आदि विषयहरूमा सामञ्जस्य हुँदा विश्वविद्यालयको नवीन शैक्षिक खाका स्पष्ट हुनेछ। विद्यार्थीहरू घाम, पानी, माटो र मलको सन्तुलन मिल्दा हुर्किने बिरुवा झैँ हुर्किने छन् र फल दिनेछन्। स्रोत : सेतोपाटी

    शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
    हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
    कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा

    • हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने

    • कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया

    • विद्यालयका नृत्य प्रशिक्षकसँग अन्तरक्रिया

    • विद्यार्थीलाई विद्यालय पोशाक वितरण

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys