हेटौँडा, हेटौँडा–१० मा रहेको नारायणी कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई बिदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीले आगामी शैक्षिक यात्राको शुभकामना दिँदै बिदाई गरेका हुन् । नारायणी कलेजमा कक्षा १२ मा २ सय १० जना विद्यार्थी अध्ययनरत रहेका छन् । क्याम्पसका प्रिन्सिपल रघुनाथ खरालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्रिन्सिपल यमबहादुर सिलवालको प्रमुख आतिथ्य रहेको थियो । आगामी बैशाख १२ गतेबाट सञ्चालन हुने वार्षिक परीक्षाका लागि क्याम्पस प्रिन्सिपल खरालले विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुका साथै उत्कृष्ट नतिजा हासिलको लागि शुभकामना व्यक्त गरेका थिए ।
वि.सं. २०८१ सालमा क्याम्पसले आयोजना गरेको सप्ताहव्यापी खेलकुद कार्यक्रममा विजयी भएका विद्यार्थीहरूलाई आज मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको छ । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत र नृत्य प्रस्तुत गरी रमाएका थिए । कार्यक्रममा कक्षा १२ मा अध्यापन गराउने शिक्षिका, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।