राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार कक्षा ११ को वार्षिक परीक्षा भने १२ को सकिए लगतै २०८२ जेठ मसान्तभित्र सञ्चालन गरिसक्नुपर्ने उल्लेख गरेको छ ।
कार्यतालिकामा कक्षा १२ को पुरक परीक्षा २०८२ भदौ २० गतेदेखि सञ्चालन गर्ने भनिएको छ ।
यसैगरी कक्षा १२ को नतिजा साउन १५ गतेभित्र र पुरक परीक्षाको नतिजा कार्तिक १५ गतेभित्र सार्वजनिक उल्लेख गरिएको छ ।