
हेटौंडा / हेटौंडा ५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल बोर्डिङ स्कुलको १४ औं अभिभावक भेला सम्पन्न भएको छ ।
शनिबार भएको भेलामा विद्यालयका प्रध्यानाध्यापक श्री बहादुर कार्कीले विद्यालयमा विगतमा गरिएको क्रियाकलाप, भविष्यको पाठ्यक्रमको बारेमा जानकारी गराएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिता पाण्डेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि हेटांैडा ५ नम्बर वडा अध्यक्ष सुशिल घिमिरे, विद्यालयका संस्थापक अनिल पाण्डे, प्रध्यानाध्यापक श्री बहादुर कार्की, प्रशासन प्रमुख सुमन्त सिलवाल, प्याव्सन जिल्ला अध्यक्ष विनोद सुवेदी, नगर अध्यक्ष राजकुमार श्रेष्ठ, जिल्ला सल्लाहकार रघुनाथ खराल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने ४७ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।

तस्वीर : द क्यान्डिड स्टुडियो

