हेटौंडा । हेटौंडा ६ मा रहेको सुनगाभा शिक्षा निकेतन विद्यालयले ५२ औँ विश्व वातावरण दिवसकाे अवसरमा बुधबार कविता प्रतियोगिता आयोजना गरेको छ।
कक्षा २ देखि ७ सम्म अध्ययनरत २५ जना विद्यार्थीले सहभागिता जनाएको कविता प्रतियोगितामा कक्षा ७ का आश्विक भट्टराई प्रथम, कक्षा २ का दक्षता आचार्य द्वितीय र कक्षा ४ की युना अधिकारी तृतीय हुन सफल भए । प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा शिक्षिका निता शाह, हिरा खत्री र राधिका गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए । यसैगरी कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले वन विनाश नगरौँ भन्ने ‘म बाट मयूर’ शीर्षकमा जनचेतनामूलक नाटक प्रस्तुत गरेका थिए । विश्व वातावरण दिवसमा विद्यालयको परिसरमा विद्यार्थीहरूले विभिन्न जातका बोट विरुवाहरूको वृक्षारोपण गरेका थिए ।