हेटौंडा । प्रसिद्ध गीतकार एवम् मुक्तककार सुवासचन्द्र ढुङ्गेलको एकल मुक्तक वाचन कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । मुक्तक मञ्च मकवानपुरको आयोजनामा भएको मुक्तक वाचन कार्यक्रममा ढुङ्गेलले १५ वटा मुक्तक वाचन गरेका थिए।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्य रहेको थियो।
ढुङ्गेलका ‘चोट के हो व्यथा के हो’ र ‘सुवास’ गीति एल्बम, ‘भाँचिएको मन’ गजल सङ्ग्रह, ‘आनन्दै आनन्द’ भक्ति गीति एल्बम तथा ‘अक्षरका गोलीहरू’ मुक्तकसङ्ग्रह प्रकाशित छन् । कार्यक्रममा कमल नेपाल र मिथिला अधिकारीले मुक्तक वाचन गरेका थिए भने कवि मुरारी सिग्देलले गायक ढुङ्गेलको बारेमा संक्षिप्त प्रकाश पारेका थिए।
कार्यक्रममा मुक्तक मञ्च मकवानपुरको सल्लाहकार तथा निवर्तमान अध्यक्ष डीबी बर्तौला, बच्चुराम अधिकारी, रामचन्द्र अर्याल माइकल, केशवलाल श्रेष्ठ, हरिवंश भेटवाल, छवि अनित्य, शान्ति प्रियवन्दना, राजकुमार लामिछानेलगायतको आतिथ्य रहेको थियो।